काठमाडौँ । जंगेले बोलेपछि बोल्यो बोल्यो भन्ने शैलीमा अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ बन्छ भनेर प्रतिवद्धता व्यक्त गरे, बजेट छुट्याइदिए । अदालतले के गर्छ ?
गत शनिबार वीरगञ्ज उद्योग वाणिज्य संघको ४६औँ साधारणसभामा बोल्दै मन्त्री शर्माले यस्तो निजगढ विमानस्थल बन्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । चुनावमा त्यसक्षेत्रको भोट बटुल्नै बोलेको भए पनि मन्त्रीले अदालतको फैसलाविरूद्ध नै बोल्न मिल्ला र ? पुराना माओवादी कमाण्डर हुन्, उनको शैली नै सैनिक टाइपको छ, बोलेपछि बोले बोले । उनकै शब्दमा– ‘निजगढ विमानस्थल बनाउने हो, बन्छ, यसै वर्ष सुरू गर्ने हो । यसको लागि जे पनि गर्न तयार छु । यो जनार्दन शर्माको प्रतिवद्धता हो । शेरबहादुर देउवा सरकारको प्रतिवद्धता हो ।’ यो सुनेर प्रधानमन्त्री देउवा पनि गद्गद् भए होलान् ।
यही सभामा मन्त्री शर्माले वीरगञ्ज चिनी मिल चलाउने र उद्यमीहरूले सहयोग गर्नुपर्ने कुरा बताएको विषय भने देशव्यापी रूपमा प्रशंसा गरिएको छ ।