Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

मोदी सकारात्मक भए त?

२६ शनिबार , भाद्र २०७२१० बर्ष अगाडि

पूर्वराजाको थाइलेण्ड भ्रमण राजनीतिकबृत्तमा ठूलै तरङ्ग उठाइरहेको छ। राजनीतिभित्र राजनीतिक चर्चा छ– भारतको सुरक्षाका लागि समेत भारतका प्रधानमन्त्री मोदीले विगतमा भारतले गरेको गल्ती सच्याउन तत्परता देखाएका छन्। एक त उनी हिन्दूवादी हुन्, दोस्रो उनी राजतन्त्रलाई भारतको सुरक्षाको बलियो आधारका रुपमा देख्न थालेका छन्। शायद यही कारण पूर्वराजा थाइलेण्ड भएर दिल्ली पुगे, थाइलेण्ड फर्किए र फेरि दिल्ली भएरै फर्किए। यसक्रममा भारतका प्रम नरेन्द्र मोदी, बिजेपीका पूर्वअध्यक्ष तथा गृहमन्त्री राजनाथ सिंह र बिजेपीका खम्बा नेता लालकृष्ण आडवाणीसँग भेटवार्ता भएको समाचार सार्वजनिक भयो। भारतका वर्तमान शासक बनेका बिजेपीका यी तिनै नेता राजाको पाउमा ढोग्ने परम्परा निर्वाह गरिरहेका छन्।
पूर्वराजाको थाइलेण्ड भ्रमण यति गोप्य रह्यो कि आजसम्म यथार्थ विवरण कसैले पनि सार्वजनिक गरेका छैनन्। थाइलेण्डमा चिनियाँ र दिल्लीमा भारतीय शासक बर्गसँग भेटघाट भएको कुरा चीनर भारतका क्रियाकलाप र संविधानसामा अकस्मात देखिन थालेको यूटर्नबाट बुझ्न सकिन्छ। भनिन्छ, पूर्वराजाको यस भ्रमणमा मोदीका मुख्य सैनिक सहयोगी मानिने अजित डोभालले भूमिका निभाएका थिए। अजित नेपालमा बढेको आपराधिक घटनामा नेपाली राजनीतिक नेताहरुको संलग्नता रहेकोले भारतमा अस्थिरता बढेको भनेर चिन्तित छन्। पूर्वराजालाई यसपटक मोदी निकटहरुले नै निम्त्याएका हुन् र नेपालमा संविधान निर्माणको अन्तिम चरणलाई कसरी र कुन तरिकाले सम्पन्न गर्ने भन्ने विषयमा समेत मोदीले छलफल गरेको बताइन्छ।

यसबाट बुझ्न सकिन्छ, नयाँ संविधानमा पूर्वराजा र हिन्दूधर्मलाई सिधा, घुमाएर कतैबाट संवोधन हुनेवाला छ। यही कुरो चुहिएपछि राजनीतिक बृत्तमा बेबी किङसम्मको तातो चर्चा चलेको हो। फागुन ७ को सन्देशमा मसँग गरिएको सम्झौता पालना गर भन्ने पूर्वराजाले २०६३ साल वैशाख ११ को सम्झौतामा भारत साक्षी (करण सिंह) बसेको कुरोसमेत नरेन्द्र मोदी र हिन्दूवादीहरुलाई स्मरण गराएको बताइन्छ। नेपालमा त्यसै पनि भारतका प्रति घृणा उर्लदै गएकोमा त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने चिन्तामा डुबेका प्रम नरेन्द्र मोदीले नेपालको सन्दर्भमा आँखा खोलेका बताइन्छ। रामचन्द्र पौडेल मार्काका भाते पाठशालाका प्रोडक्ट बढी चलाख राजनीतिज्ञहरु भने नरेन्द्र मोदी नेपालको अस्थिरतावादी हुन् भनेर प्रचार गर्न थालेका छन्। नेपालको संघीयताका सम्बन्धमा चीन र भारतका आआफ्नै चासो रहेका छन्। भारत मेधसीलाई साथ लिन चाहन्छ, पहाडीयालाई विश्वास दिलाउन खोज्दैछ भने चीन संघीयताको आन्दोलन उइगुरसम्म सल्केला कि भन्ने खतरा अनुभूतिगर्दैछ। पूर्वराजाप्रति भारतका शक्ति र प्रभावशाली राजनेता नरेन्द्र मोदी सकारात्मक भएको हो भने चीनले कम्बोडियाका नरोदम सिंहानुकलाई देखाएजस्तै उदाहरण भारतले देखाउन सक्नेछ।