Advertisement Banner
Advertisement Banner

०२ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

मोदीको बुद्ध कूटनीति - देउवाको कङ्गाल व्यवहार

१० मंगलबार , जेठ २०७९२ बर्ष अगाडि

२०१९ मा दोस्रो पटक प्रधानमन्त्रीमा विजयी हुनका लागि मोदीले मुस्लिम विरुद्ध हिन्दुत्वको नारालाई प्रवद्र्धन गरेको आरोप लावगे पनि हिन्दु, बुद्धमार्गीको समर्थन लिन बुद्धभूमि आएर आस्था दर्शाए । ‘हेट क्राइम टयकर्स’ संस्थाले गरेको एक अध्ययन अनुसार गएको चार वर्षमा भारतमा मुस्लिम विरुद्ध चार सय हिंसा गरिएको उल्लेख छ ।
जेष्ठ २ गते बुद्ध बुद्ध पूर्णिमाको अवसर पारेर मोदी बुद्ध जन्मभूमि भ्रमणमा आएका थिए । मोदी मुख्यमन्त्री भएका बेलामा गुजरातको धार्मिक दङ्गामा १ हजार ४४ मानिस मारिएका थिए । रिपोर्ट भन्छ– २५ सय घाइते र २ सय २३ बेपत्ता पारिए । मारिनेमा  ७ सय ९० मुस्लिम र र्२ सय ५४ हिन्दू थिए । मोदीले हिंसाको छुट दिँदा यस्तो घटना भएको रिपोर्टमा उल्लेख छ ।
२०१४ मा प्रधानमन्त्री बनेपछि मोदीमाथि धार्मिक भेदभावको आरोप लागेको छ । भारतको प्रमुख चुनौती गरिबी, आर्थिक अभाव र भ्रष्टाचार थियो, मोदी प्रधानमन्त्री भएपछि भाजपा स्वार्थका लागि धार्मिक असहिष्णुताको चुनौति बढेको छ ।
समाचारअनुसार १० जुन २०२० मा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सन् २०१९ को विश्वभर भएका मुख्य धार्मिक हिंसा र धार्मिक स्वतन्त्रता सम्बन्धी एउटा प्रतिवेदन प्रकाशन ग¥यो । २७ पृष्ठको उक्त प्रतिवेदनमा भारतीय प्रधानमन्त्री मोदीले भारत र दक्षिण एशियामा नै अल्पसंख्यकमाथि दमन र धार्मिक स्वतन्त्रताको हनन् गरेको व्यहोरा उल्लेख गरिएको छ । 
भारतमा २०२१ मा भएको कृषि आन्दोलन त्यसको एक उदाहरण हो । मोदी सरकारले कृषि सम्बन्धी ल्याएको तीन कानून कृषक हीत बिपरित रहेको भनेर आन्दोलित कृषकमाथि मोदी प्रशासनले ठूलो दमन ग¥यो । ‘चलो दिल्ली’ नारा लगाएर ५० हजार कृषक सडकमा उत्रिएपछि मोदी सरकारले कृषकको आवाज सुन्नुको सट्टा उनीहरूको आवाज अस्वीकार गरेका थिए ।
बुद्धभूमिमा मोदीको अभिव्यक्ति चित्ताकर्षक तर रणनीतिक पनि–
मोदीले गौतम बुद्धको नाममात्र उच्चारण गरेनन्, बुद्ध भूमिमा आउन पाएकोमा खुशी व्यक्त गरे । पहिलोपल्ट प्रधानमन्त्री हुँदा नेपालको संसदमा बुद्धको जन्मभूमि नेपाल भनेका थिए, लगत्तै जर्मन पुगेर चान्सलरलाई संवोधन गर्दा बुद्धको जन्मभूमि भारत भनेका थिए । तर यसपल्ट लुम्बिनी नै पुगेर मायादेवीको मन्दिरमा पूजा र बुद्धको मूर्तिसामु झुकैर नेपाललाई बुद्धको जन्मभूमि नेपाल भनेर संवोधन गरे । तर उनले बुद्धले निर्वाणा प्राप्त गरेको, पहिलो संवोधन गरेको, ज्ञान हासिल गरेको भारतमा हो भनेर भन्न बिर्सिएनन् । अर्थात् मोदीले सत्य बोले र बुद्धको बुद्धत्वभूमि भारत पनि हो भनेर जोडिदिए ।
निश्चित हो, बुद्ध जन्मस्थल लुम्बिनी विश्व शान्तिको प्रतीक हो । बुद्ध आफै सम्यक दृष्टिकोणका प्रचारक थिए । सम्यकले सबैलाई समभाव राख्न सक्ने अर्थ दिन्छ । बुद्ध पूर्णिमाका दिन बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणमा आउने मोदीलाई सबैलाई समभावका दृष्टिले व्यवहार गर्न नसकेको आरोप लाग्ने गरेको छ । नेपालका सम्बन्धमा त आरोप अनगिन्ति छन् ।
‘नेपाल त्यो भूमि हो जसले गौतम बुद्धलाई जन्म दिएर विश्वलाई चकित बनाएको थियो । नेपाल सगरमाथाको देश पनि हो ।’ मोदीले नेपालीमा पनि बोलेर नेपालीको वाह वाह बटुल्न पनि सफल भएका थिए । नेपाल र बुद्धका विषयमा मोदीले दिएको अभिव्यक्तिलाई सकारात्मक हिसाबमा लिने जति थिए भने उनको अभिव्यक्तिमा ताली पड्काउने सभासद्हरू पनि उत्तिकै थिए । तर विश्लेषकहरुले ‘नेपालका सभासद्ले लघुताभासपूर्ण व्यवहार देखाए । बुद्ध नेपालमा जन्मिएको प्रमाणित तथ्य हो। त्यसका लागि मोदीको अभिव्यक्तिको लालमोहरको आवश्यक थिएन’ भनेको पनि सुनियो ।
मोदीको सानो मन, नेपालप्रतिको असहयोगी भाव, कूटनीतिक चातुर्यता
लुम्बिनी । २५६६ औँ बुद्ध जयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनी भ्रमणमा आए । लुम्बिनी भ्रमण गर्ने भारतका पहिलो प्रधानमन्त्री मोदी नै बने । तर चीनको आर्थिक सहयोगमा बनेको बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलमा मोदीले ओर्लन चाहेनन् । उनी हेलिकोप्टरबाट परै उत्रिए ।  भारतको लगानीमा बन्ने बौद्ध सांस्कृतिक केन्द्रको शिलान्यास गरे । विश्वका धेरै देश अमेरिका, बेलायत, जपान, चीन, जर्मन लगायतका देशले लुम्बिनीमा आफ्नो लगानीमा गुम्बा निर्माण गरेका छन्, ती गुम्बा भन्दा भिन्न र आकर्षक गुम्बा भारतले निर्माण गर्ने भएको छ । मोदीले नेपाल सरकारलाई धन्यवाद पनि दिए ।
‘लुम्बिनीमा अन्य देशको उपस्थिति बढ्दा भारतको उपस्थिति यहाँ थिएन । पर्यवेक्षक भन्छन्– भूराजनीतिक रुपमा भारतलाई उपस्थिति जनाउनै पर्ने आवश्यकताका कारण पनि मोदीले लुम्बिनीको भ्रमण गरेका हुन् ।’ मोदीले २०७५ मा मुक्तिनाथ दर्शन गरेका थिए, त्यहाँ ह्वात्तै पर्यटक बढेका छन् । २०७८ मा मोदीले लुम्बिनी भ्रमण गरेपछि यहाँ पनि पर्यटक बढ्ने छन् । सवाल यत्ति हो कि मोदी किन नयाँ विमानस्थलमा उत्रिएनन् । मात्रै चीनले निर्माण गरेकाले कि नयाँ विमानस्थलका लागि एयर रुट दिनुपर्छ भनेर त्यसलाई रोक्नमात्र मोदी हेलिकोप्टरबाट आएका हुन् । विमानस्थलमा नउत्रिएका हुन् ।
कुशीनगरबाट लुम्बिनी आएका मोदीको पुरानो मान्यता बुद्ध सर्किट निर्माण गर्ने हो । बुद्ध नेपालमा जन्मेका हुन्, यसका लागि मोदीले बोलिरहन आवश्यक थिएन । यही भ्रमणका बेलामा १७ बुँदे सहमति भएको छ । सार तत्व के छ सरकारले भनेन । मोदीका भ्रमणका अवधिमा प्रधानमन्त्री देउवाले ठुस्स परे, निदाए, ¥याल काढे, चकचक गरे, कूटनीतिक नर्मस् पालना गरेनन् ।  यस्ता प्रधानमन्त्रीले मोदीजस्ता चङ्ख र परिपक्व विश्वनेतासँग के वार्ता गरे होलान्, कसरी नेपालका मुद्दा उठाएहोलान् ?
परराष्ट्र मन्त्रालय छ । शिष्टाचार महापाल पनि छन् । तिनले जागीर मात्र खान्छन् कि काम पनि गर्छन् ? प्रश्न उठ्यो । मोदीले हात जोडेर भक्तिभाव देखाउने, नेपालका प्रधानमन्त्री हात नजोड्ने, फूल फुत्त फाल्ने, के गरेको होला ? लज्जापस्पद चरित्र ।
चीनको लगानी भएको विद्युत नकिन्ने भारतका प्रधानमन्त्रीको नीति कति शान्तिवादी ? कति नेपालप्रतिको सौहाद्रता ?
रामायण र बुद्ध सर्किट के हो ?
रामायण सर्किटमा त्रेतायुगमा राम र सीता पुगेका नेपाल, भारत र श्रीलंकाका धार्मिक स्थललाई एउटै मार्गले जोड्नेछ । त्यसमा नेपालको जनकपुर, भारतको सीतामढी, दरभंगा, बक्सर, चित्रकुट, नन्दीग्राम, महेन्द्रगिरि, जगदलपुर, भद्राचलम, टम्पी, नासिक, नागपुर र रामेश्वरम् रहेका छन् । बुद्धिस्ट सर्किटमा नेपालको लुम्बिनी, कपिलवस्तु, देवदह, बोधगया, सारनाथ, कुशीनगर, वैशाली पर्छन् । बुद्धको जन्मस्थल नेपाल तथा ज्ञान प्राप्ति एवं निर्वाण प्राप्ति स्थल भारत रहेकाले बुद्धिस्ट सर्किटको निर्माण भए दुवै देशमा पर्यटक आकर्षित हुनेछन् । गौतम बुद्धका सम्पूर्ण अवशेष, उनका पदचिह्न, उनका भिक्षुद्वारा निर्मित स्तूप, एलोराजस्ता अवर्णनीय शिल्प यहाँ छन् । बुद्धको जन्मभूमि, कर्मभूमि एवं निर्वाण प्राप्ति भूमिसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक वस्तु विश्वकै निम्ति पर्यटकीय आकर्षण हुनेछ । 
नवीन श्रीवास्ता नयाँ राजदूत
काठमाडौं ः विनयमोहन क्वात्रा फर्केपछि नेपालमा कसलाई राजदूत बनाउने भन्ने विषयमा परिपक्व प्रधानमन्त्री मोदीले चीन विशेषज्ञलाई नियुक्त गरेका छन् ।
भारतले नेपालका लागि नयाँ राजदूतमा नवीन श्रीवास्तवलाई नियुक्त गरेको समाचार छ ।
नेपाल भूराजनीतिले रणनीतिक मुलुक हो । अमेरिका र चीन खुलेर नेपाल पसेपछि आफ्नो पकडमा नेपाल छ भन्ने सोचेको भारत फुकी फुकी निर्णय गरिरहेको छ । कुनै पनि हालतमा नेपालमा चीन अथवा अमेरिकाको पकड बलियो हुन दिनु भारतका लागि खतरा हुने सोच भारतको रहेकाले नै नेपालका हरेक विकास, राजनीति, आर्थिक क्षेत्रमा भारतले गम्भीरपूर्वक निर्णय लिने गरेको पाइन्छ । भारतले १५ सय भन्दा बढी योजनामा सिधै लगानी गरिरहेको र वर्षेनी हजारौं छात्रबृत्ति दिइरहेको छ, यसबाहेक पनि भारतले नेपालका ठूल ापरियोजना कब्जा गरिरहेको छ । चीनको लगानी भएको विद्युतसमेत नकिन्ने भन्न सक्ने भारत चीनसँग कति त्रसित छ बुझ्न सकिन्छ ।
भारतका लागि राजदूत भनेर नेपालले शंकर शर्मालाई नियुक्त गरेको थियो, अनेक प्रयत्न गर्दा गर्दा बल्ल बल्ल ३ महिनापछि एग्रिमो आयो । तर भारतले नियुक्त गरेका राजदूतलाई नेपालले तत्कालै स्वीकार ग¥यो ।
नविन श्रीवास्तव चिनियाँ मामिला जानकार मानिन्छन् । यसअघि विदेश मन्त्रालयमा पूर्वी एसिया डेस्क हेरिरहेका श्रीवास्तवलाई भारतले रणनीतिक रुपमा नेपाल पोष्टिङ् गरेको बुझ्न सकिन्छ ।
यसअघिका राजदूत विनयमोहन क्वात्रा विदेश सचिव नियुक्त भएका छन् । यसअघि गलवान र चीनसँगका अन्य सीमामा भएका विवाद र तनाव साम्य पार्न महत्वपूर्ण भूमिका खेलेकाले उनलाई यो जिम्मेवारी दिइएको बताइन्छ । अब हेर्नुछ, उनको कार्यप्रणालीलाई ।