Advertisement Banner
Advertisement Banner

२८ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

नेपाल–कोरिया श्रम सम्झौता भयो

२४ बिहिबार , भाद्र २०७२११ बर्ष अगाडि

नेपालका श्रम राज्यमन्त्री र कोरियाका श्रम मन्त्रालयका भाइस मिनिष्टर खो योङ सुनवीच नेपाली कामदार र श्रम सम्झौताका बारेमा बिस्तृत छलफल भएको छ। छलफलवीच दुबै देशका प्रतिनिधिले आगामी दुई वर्षका लागि इपीएस प्रणालीको श्रम सम्झौता नविकरण प्रस्तावमा सही गरेका हुन्। दुई मुलुकवीचको सम्झौता राम्रो सम्बन्धको परिचायक बनेको छ। श्रम राज्यमन्त्रीले कोरियाका सामु नेपाली कामदारको कोटा बढाउन, निशुल्क हवाई टिकट र भिसासमेत उपलव्ध गराउन गरेको आग्रहलाई कोरियाले सकारात्मक रुपमा लिएको छ। नेपालका मन्त्रीले अदक्षमात्र होइन, स्वास्थ्य र निर्माण क्षेत्रका दक्ष कामदारलाई पनि कोरियामा मौका दिन अनुरोध गरेका छन्। नेपालको अनुरोध अनुसारको कामदारको उमेर र कामदारका परिवारजनलाई कोरिया भ्रमण सुविधा दिनसमेत सकारात्मक भएको छ।
यतिखेर कोरियामा १५ मुलुकका कामदार रहेकाले निशुल्क टिकट र भिसा नेपाली कामदारलाई मात्र दिदा समस्या बढ्ने कोरियाली भनाईपछि नेपालका श्रम राज्यमन्त्रीले त्यसो भए निशुल्क टिकट र भिसा रोजगारदाताले दिने तर कामदारको तलवबाट पछि कट्टा गर्न सकिने विकल्प दिएपछि कोरियाली पक्ष नेपाली कामदारलाई त्यस्तो सुविधा दिन तैयार हुनलागेको खबर छ। त्यसो भयो भने पैसाको अभावमा अथवा पैसाका लागि ऋणधनका समस्यामा नेपाली कामदार पर्ने छैनन्। आरामले कोरिया पुगेर कामगरेर टिकट र भिसाको लागत कट्टा गर्नसक्नेछन्।
यसपटकको मन्त्रीको कोरिया भ्रमणको सबैभन्दा ठूलो उपलव्धिका रुपमा दक्ष नेपाली कामदारले पनि कोरिया प्रवेश पाउनसक्ने सम्भाबनाको ढोका खोलेको छ। कोरिया पुगेका कामदारले कमाई घर पठाउादा धेरैजसो हुण्डीको भर पर्ने अवस्थालाई चिर्दै आइन्दा श्रम वैंक खोलेर वैंकमार्फत आर्थिक कारोवार गर्न सकिने व्यवस्था हुनलागेको छ। कोरिया पुगेका नेपाली कामदारले अनिवार्य रुपमा श्रम वैंकमा खाता खोल्नुपर्ने भएकाले बिचौलियाले जुन महगो कमिशन खाइरहेका छन्, त्यस्तो बेथितिको अन्त हुनेछ।
कोरिया नेपाल मैत्री अमर रहोस्।