मलाला, तिमीलाई डाक्टर बन्न मन लागेनरु मलालाको जवाफ थियो– मेरो सिङ्गो देश पाकिस्तान बिरामी छ। डाक्टर बनेर म केही बिरामीको मात्र उपचार गर्नसक्छु। म देशमा विद्यमान धेरैथरि बिमारीको उपचार गर्न चाहन्छु। त्यसैले म डाक्टर होइन, पाकिस्तानको प्रधानमन्त्री बन्न चाहन्छु। प्रधानमन्त्री बन्न सफल भएँ भने डाक्टरहरुलाई सेवा गर्ने वातावरण र बालबालिकालाई सक्षम देशभक्त बन्न प्रेरणा दिनसक्छु। राष्ट्रिय बजेटलाई शिक्षा, स्वास्थ्य, विकासमा लगाउन र देशमा राम्रो काम गर्न सकिन्छ भनेर देखाउन पनि राजनीति अत्यन्त राम्रो क्षेत्र हो।
मलालाको अभिव्यक्तिले राजनीतिमा लागेका नेपालीका सामु यक्ष प्रश्न जन्माएको छ–
होनहार युवा, तिमी मल हुने कि मलाला ?