पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) यहि चैत्र १७ देखि २१ सम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक रूपमा हुने भएको छ । गत बर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको जोखिमका कारण भर्चुअल गरियो । यस बर्ष पनि अवस्थामा सकारात्मक परिवर्तन देखिँदा भर्चुअलबाट प्रत्येक्ष गर्ने निर्णय गरिएको हो । यस महोत्सवमा ३८ देशका ८९ चलचित्र बीच प्रतिस्पर्धा हुनेछ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरूको ७ बिधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ ।
कार्यक्रमलाई प्रत्यक्ष र अन्लाईन मार्फत प्रदर्शन गरिनेछ । निफ २०२२ पनि अधिल्ला सस्करण जस्तै सशक्त र भब्य रूपमा सफल हुने बिश्वास लिएका छौ । देशी बिदेशी अनुभवी प्रसिद्ध फिल्मकर्मिहरूको सहभागितामा विविध बिधामा कार्यशाला, अन्तरक्रिया र छलफलले नेपाली कला सस्कृति र पर्यटनलाई सहयोग पुर्याउने हुँदा ब्यवसायी, सरकार र सरोकारवालाको सहयोग अपरिहार्य मानिएको छ ।
– सागर पाण्डेय, आयोजक सदस्य– निफ २०२२ । सम्पर्क- 9860783407