Advertisement Banner
Advertisement Banner

०३ सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

माल्दिभ्समा भारत विरोधी अभियान किन चल्दै छ ?

०७ बुधबार , पौष २०७८३ बर्ष अगाडि

खरीबोटकाठमाडौँ । माल्दिभ्समा भारत विरोधी अभियान शुरु भएको छ । पूर्वराष्ट्रपति अब्दुल्ला यामीनले भारत विरोधी अभियानको नेतृत्व गरिरहेको र उनीहरुले माल्दिभ्समा भारतको उपस्थिति अन्त्य गर्नुपर्ने माग गरिरहेका छन् ।

डिसेम्बर १९ मा, माल्दिभ्सको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सरकार भारतको बारेमा फैलिएको झूट र घृणाप्रति चिन्तित रहेको बताएको थियो ।

परराष्ट्र मन्त्रालयले आफ्नो विज्ञप्तिमा भारत सबैभन्दा नजिकको द्विपक्षीय साझेदार भए पनि केही साना समूह र केही नेताहरु प्रचार प्रसारमा संलग्न रहेको बताएको थियो ।

विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भारत र विश्वको सबैभन्दा नयाँ प्रजातन्त्र मध्येको एक माल्दिभ्सबीचको सम्बन्ध बिग्रिने बाटोमा पुगेको पछिल्ला घटनाक्रमले देखाएको विश्लेषण गरिएको छ ।

एक हजारभन्दा बढी टापु भएको माल्दिभ्समा विपक्षी समर्थित ‘इन्डिया आउट’ अभियान तीव्र गतिमा चलिरहेको छ ।

यो अभियानले माल्दिभ्सबाट भारतका सैन्य अधिकारी र उपकरणहरू हटाउनुपर्ने माग गरेको छ । यो अभियान सन् २०१८ मा सुरु भएको हो । त्यसपछि माल्दिभ्सका तत्कालीन राष्ट्रपति अब्दुल्ला यामिनले भारतलाई आफ्ना दुई हेलिकप्टर र एउटा डोर्नियर विमान लिन आग्रह गरेका थिए ।

यी हेलिकप्टर र विमान भारतले माल्दिभ्समा खोज तथा राहत कार्यका लागि राखेको थियो । जसमा भारतीय सेनाका पाइलट रहेका थिए । त्यसपछि माल्दिभ्सले भने भारतले उपहार दिएको हो भने यसमा पाइलटहरू भारतका नभई माल्दिभ्सका हुनुपर्ने बताएका छन् । यो मुद्दा बढ्दै गएपछि यसले मानिसहरु सडकमा आएर भारत विरोधी नारा लगाउन थालेको बताइएको छ ।

यस वर्षको डिसेम्बर ५ मा आइल्याण्ड एभिएसन सर्भिस लिमिटेडका पूर्व निर्देशक मोहम्मद अमीनले ट्वीट गर्दै भनेका थिए, “भारतबाट डोर्नियर लिनु कुनै समस्या होइन। तर हामी डोर्नियरमा भारतीय सैनिक तैनाथ गर्ने विपक्षमा छौं । यसलाई सञ्चालन गर्न हामीसँग पर्याप्त अनुभव छ। हामीसँग यी हेलिकप्टरहरूको दर्ता परिमार्जन गर्ने विकल्प हुनुपर्छ। हामीलाई फिर्ता गर्ने अधिकार पनि हुनुपर्छ ।"

यसअघि मोहम्मद अमीनले १५ नोभेम्बरमा लेखेका थिए, ‘डोर्नियर रकेट विज्ञान होइन। भारतीय सैनिक राख्ने वा बजेटको मुद्दा बकवास हो। हामीले पाँचवटा डोर्नियर सञ्चालन गरिरहेका छौं र त्यसलाई सञ्चालन गर्ने अनुभव पनि हामीसँग छ । माल्दिभियनहरूले यसलाई सञ्चालन गर्न र माल्दिभ्स राष्ट्रिय रक्षा बलको आवश्यकताहरू पूरा गर्न सक्छन्। हामीसँग उपहार स्वीकार गर्ने वा फिर्ता गर्ने विकल्प हुनुपर्छ ।"

प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) र यसका आबद्ध दलहरूले भारतीय सैनिकहरूले माल्दिभ्स छोड्नुपर्ने बताएका छन् । माल्दिभ्सका पूर्व मन्त्री लुब्ना जाहिरले ६ डिसेम्बरमा ट्वीट गर्दै भनेकी थिइन्, "मलाई भारतीय खाना, उत्पादन, औषधि धेरै मन पर्छ तर मेरो भूमिमा रहेका भारतीय सैनिकहरूलाई होइन ।"

अर्का पूर्व मन्त्री अहमद तौफिकले नोभेम्बर २१ मा ट्वीट गर्दै भनेका छन्, ‘माल्दिभ्सका जनताले भारतीय सैनिकहरूप्रति आफ्नो आक्रोश पोखिरहेका छन् ।'

@kharibot