नेपालका लागि बेलायती राजदूत जोन रेन्किन र ब्रिटिस सहयोग नियोग डिएफआइडीकी नेपाल प्रमुख गेइल मर्जेट्टी। यसअघिका बेलायती राजदूत स्पार्कले सीके राउतजस्ताहरुलाई लगानी गरेर नेपालविरोधी झल्का र झिल्काहरुमार्फत नेपाललाई पीडा दिएका थिए। डीएफआइडीले पनि नेपाली जनजातिहरुलाई हिंसात्मक हुन प्रेरणा दिएको आरोप लागेको थियो। महाभूकम्पपछि वर्तमान राजदूत जोन र नियोग प्रमुख गेइलले नेपालको पर्यटन उद्योगमा प्रेरणादायी सहयोग गरिरहेका छन्। 'म अहिले नेपालमा छु' लेखिएको प्लेकार्ड बाकेर हसिलो मुद्रामा देखिएका यी कूटनीतिज्ञद्वयले नेपाललाई गुण लगाएका छन्। धन्यवाद छ।