Advertisement Banner
Advertisement Banner

०४ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

पेलेर समाधान निस्किदैन

२५ सोमबार , श्रावण २०७८३ बर्ष अगाडि

जो चोङ मान, महामहिम राजदुत प्रजग कोरिया : :
चारदशक जापानी साम्राज्यवाद झेलेको कोरिया अन्तत टुक्रियो र ७ दशकभन्दा बढी समयदेखि विभाजनको पीडा सहेर शान्तिपूर्ण र सम्मानपूर्ण एकीकरणका लागि प्रयासरत छ ।
स्मरणीय घटना हेर्ने हो भने सन् २००० जून १५ र २००७ अक्टोबर ४ मा उत्तर र दक्षिण कोरियाली ऐतिहासिक शिखर सम्मेलन र सन् २०१८ अप्रिल २७ मा भएको पानमुनजोम घोषणाले कोरियामा शान्तिपूर्ण, समृद्ध र पुनः एकीकरणको नयाँ युगमा प्रवेश गरेको थियो । तर अझै पनि स्थिति सोचेजस्तो परिणाम लिएर आएको छैन । यसमा विश्वका शक्तिशाली साम्राज्यवादको बाधा अड्चन जारी देखिन्छ ।
यसकारण अन्तरकोरियाली सम्बन्ध सरलीकृत हुन, निकास र विकासमा अझै पनि धेरै चुनौती र अवरोधहरू विद्यमान छन् । पानमुनजोम घोषणा कार्यान्वयन अझै चुनौतीपूर्ण छ । यदि उत्तर र दक्षिणले आपसी साथ नछोडे स्वाधीनताको दृढतापूर्ण सिद्धान्तको सफलतामा परिणत हुन्छ भन्न सकिन्छ ।
कोरिया प्रायः द्वीपको आणविक विषय के हुन् भन्ने सम्बन्धमा महामहिम राजदूतले केही समय अघि दिनभएको अभिव्यक्ति सदावहार रूपमा अर्थपूर्ण रूपमा लिन सकिन्छ । उहाँका अनुसार– सन् १९८५ को १२ डिसेम्बरमा प्रजग कोरिया आणविक हतियार अप्रसार सन्धिमा सहभागी भयो । आणविक ऊर्जा कार्यक्रम सहकार्य गर्ने नै सो सन्धिमा सहभागी बन्नुको मूल उद्देश्य थियो । सन् १९९२ अप्रिल १० बाट बनेको सो सन्धि कार्यान्वयनमा गयो । सोही प्रतिवेदनअनुसार सन् १९९२ मेमा अन्तर्राष्ट्रिय आणविक सन्धि सङ्गठन (क्ष्ब्भ्ब्)हामीले प्रतिवेदन पेश ग¥यौं । क्ष्ब्भ्ब् ले प्रजग कोरियाका केन्द्रहरूको अनुगमन गर्न र दुईवटा सैनिक केन्द्र स्थापना गर्न माग ग¥यो । हामी मानेनौँ । त्यसैमा कुरा मिलेन । हामीले अमेरिकालगायत पश्चिमा देशहरू सामेल भएको क्ष्ब्भ्ब् लाई हाम्रा आणविक केन्द्र कसरी निरीक्षण गर्न दिनसक्छौँ र ? हामीले उनीहरूको दबाब मानेनौं, सन् १९९३ को मार्च १२ देखि सो सन्धिबाट फिर्ता हुने हामीले निर्णय गर्नुप¥यो ।
जनवरी २००२ मा जर्ज डब्लु बुशले प्रजग कोरियालाई ‘दुष्टहरूको मण्डली’ को दोषारोपण गरेका थिए ।
त्यसयता अमेरिकाले शक्तिको आडमा प्रजग कोरियालाई ध्वस्त बनाउन हरसम्भव प्रयास गरिरह्यो । इराक युद्ध, अरब विद्रोह र लिविया, इजिप्ट, यमन सिरिया र बहराइन ध्वस्त हुने गरी भएको लडाइँले अमेरिकी मनसाय पुष्टि हुन्छ ।
आफ्नो सार्वभौमिकता, सुरक्षा, विकास गर्ने अधिकार र आफ्नो देशको अस्तित्व आक्रामक शक्तिबाट खुलमखुला भइरहेको हमलाबाट जोगाउन प्रजग कोरिया आफ्नो आणविक कार्यक्रम अघि बढाउन बाध्य छ ।
सन् २०१७ को पहिलो दिन प्रजग कोरियाको सर्वोच्च नेता किम जङ उनले औपचारिकरूपमा दिएको मन्यव्यमा अन्तरमहादेशीय बालास्टिक मिसाइलको परीक्षणको तयारी अन्तिम चरणमा पुगेको घोषणा गर्नुभयो । सन् २०१७ मा हामीले विभिन्न चरणमा परीक्षण ग¥यौं । ती परीक्षणहरू सुरक्षित र पारदर्शी थिए । 
हाम्रो देशको आणविक शक्ति संरा अमेरिकाका कुनै पनि आणविक धम्की विफल बनाउन सक्षम छ । त्यसले कुनै बहुलठ्ठीपूर्ण लडाइँ हुनबाट रोक्ने छ ।
नयाँ वर्षको सन्देशमा सर्वोच्च नेता किम जङ उनले संरा अमेरिकाले प्रष्टतः सजग रहनुपर्ने बताउनुभयो । उहाँले यो कुनै धम्कीमात्र नभई वास्तविकता भएको प्रस्ट पार्नुभयो ।
कोरियाली मजदुर पार्टीको स्वाधीन र रणनीतिक निर्णयले कोरियाली प्रायःद्वीपमा शान्तिको वातावरण बन्यो । संसारकै सबभन्दा खतरनाक मानिएको प्रजग कोरिया र संरा अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई प्रजग कोरिया – संरा अमेरिकी शिखर बैठकले कोरिया प्रायःद्वीप र सो क्षेत्रमा शान्ति र सुरक्षामा महत्वपूर्ण योगदान गरेको छ ।
सन् २०१८ जून १२ को दिन इतिहासमा सधैँ अङ्कित हुने मिति हो । कोरिया प्रायद्वीप र बाँकी विश्वमा शान्ति सुनिश्चित गर्न युगान्तकारी घटना त्यो दिन भयो । सिङ्गापुरको सेन्टोसा टापुमा कोरियाली मजदुर पार्टीको अध्यक्ष किम जङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पहिलो ऐतिहासिक शिखर वार्ता भयो । दोस्रो वार्ता भियतनामको हनोईमा सन् २०१९ को फेब्रुअरी २७–२९ मा सम्पन्न भयो । प्रजग कोरियाको परराष्ट्र मन्त्रालयका प्रवक्ताका अनुसार हनोई शिखर वार्ता अमेरिकाको मनपरि व्यवहार र बेइमानीका कारण त्यो सम्मेलन विफल भयो । सहमत हुनै नसकिने समाधानमा अमेरिकाले बढी जोड दिइरह्यो ।
आपसी विश्वास निर्माणको लागि हामीले रणनीतिकरूपमा प्रतिरक्षात्मक निर्णय ग¥यौँ । हामीले आणविक परीक्षण र अन्तरप्रादेशिक बालास्टिक मिसाइल परीक्षण बन्द ग¥यौं । अमेरिकाको तर्फबाट हामीले त्यस्तो सद्भावपूर्ण व्यवहार पाएनौँ । बरू एकपछि अर्काे प्रजग कोरियाको निःशस्त्रीकरणलाई मात्र जोड दिइरह्यो । यी तथ्यलाई बेवास्ता गरेर हनोइमा भएको प्रजग कोरिया अमेरिकी शिखर वार्ता असफल हुनुको कारणबारे अमेरिकी भनाइ पूर्णतः असान्दर्भिक छ । उसले प्रजग कोरियामाथि गर्दै आएको दोषारोपण सही होइन ।
हामी फेरि एकपल्ट प्रस्ट पार्न चाहन्छौँ, जुन माध्यमबाट अमेरिकाले प्रजग कोरियालाई तर्साउन खोजिरहेको छ । त्यसैले हामीलाई एक इञ्च पनि पछि धकेल्न सक्नेछैन । प्रजग कोरियामाथि अमेरिका अविश्वासिलो र आक्रमक बन्छ । त्यति कडा प्रतिकार गर्न हामी तयार छौँ । हामी संरा अमेरिकालाई वास्तविकता बोध गर्न सल्लाह दिन चाहन्छौँ । साथै संवाद र वार्ता पुनः थालनी कसरी गर्नेबारे सोच्न आग्रह गर्न चाहन्छौँ ।
संरा अमेरिका शक्तिले पेलेर समस्याको समाधान खोज्छ । तथापि उसले वार्ताको रटान लगाउन छोड्दैन । सिङ्गापुर वार्तापछि प्रजग कोरियाविरूद्ध संरा अमेरिकाले गरेका राजनीतिक, आर्थिक र सैनिक आक्रमणले संरा अमेरिकाको वास्तविक मनसाय प्रस्ट हुन्छ । अमेरिकाको आक्रमक र एकपक्षीय नीति प्रजग कोरियामा काम लाग्ने छैन । प्रजग कोरियाली संयमको सीमा छ । अब अमेरिकाले आक्रामक नीति फिर्ता गर्ने समय आएको छ ।
मजदुर डटकमको सहयोगका साथ ।