Advertisement Banner
Advertisement Banner

०४ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सभापति बन्न हिन्दुराष्ट्र

०४ सोमबार , श्रावण २०७८३ बर्ष अगाडि

काठमाडौं । शेखर, शशांक, सुजाता कोइराला १४औं महाधिवेशनमा सभापतिका उमेदवार घोषणा गरिरहेका छन् । प्रभावशाली नेताहरूलाई आफ्ना पक्षमा पार्न लन्च, डिनर बैठक गरिरहेका छन् । उता गणेशमान पुत्र प्रकाशमान सिंह, महेन्द्रनारायण पुत्र विमलेन्द्र निधि मात्र होइन, बरिष्ठ नेता रामचन्द्र पाडेल, कृष्णप्रसाद सिटौलाहरूसमेत सभापतिमा उमेदवारी दिने भनेर मच्चिन थालेका दृश्य देखिन्छन् ।
सवाल नेपाली कांग्रेसमा कोइराला विरासत फर्किएला भन्ने हो ? यसका लागि शेखर, शशांक र सुजाता मिल्नुपर्छ, पार्टीपंक्तिलाई विश्वासमा लिनसक्नुपर्छ । कांग्रेस स्रोत भन्छ– ३ जनै कोइरालाको भित्री मन मिलेको छैन ।
९ सालमा जन्मेका शेखर भन्छन्– यो मेरो अन्तिम प्रयास हुनेछ । मलाई सबैले सहयोग गर्नुपर्छ । १३ साले सुजाता भन्छिन्– म उपप्रधानमन्त्री बनिसकेको, मेरो राम्रो पकड छ, मै सभापति हुनुपर्छ । ०१५ सालमा जन्मेका र पार्टी महासचिव, सांसद समेत रहेका शशांक कोइराला भन्छन्– देउवालाई चुनाव हराउने उमेदवार म मात्र हुँ । अरू कसैले देउवालाई हराउन सक्दैनन् । त्यसैले सबैले मलाई सहयोग गर्नुपर्छ । तर प्रश्न छ, यी तीनजना एक हुँदैमा चुनाव जित्लान् ?
गाँठी कुरो के हो भने बीपी लाइन मजबुत छ । संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रलाई समेटेर लान नसक्ने हो भने चुनावको परिणाम देउवाकै पक्षमा जानेछ । त्यसै पनि म वीपीको अनुयायी भन्छन् देउवा । उनी प्रधानमन्त्री पदमा पनि छन् । उनका लागि चुनाव बढी सहज देखिन्छ । यही बीचमा शशांकले हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रको मुद्दा उठाइदिए र वीपी लाइन नै वीपी पुत्र शशांकले बोके भने कोइरालाको विरासत फर्किनसक्छ ।