हुलाकी राजमार्गको यो कमला पुल वर्षाले भाँच्चिएको हो कि पद्धति भाँच्चिएको हो, पप्पु, कालिका कन्स्ट्रक्शनजस्ता राजनीतिक ठेकेदारले ठेक्का लिएका पुलहरू अक्सर भाँचिने गरेका छन् । तिनले निर्माण गरेका बाँध,डाइभर्सन अथा अन्य संरचनाहरू अनायास भत्किने गरेका छन् । यसको अर्थ ठेकेदार र सरकारी इन्जिनियरहरूको मिलोमतोमा निर्माण हुन्छन्, गुणस्तरीय हुँदैनन्, अनि भाँचिन्छन् ।
यसरी राज्यको रकम राजनीतिक अपराधले लुट्ने गरिएको छ । विकासका नाममा जोखिम बढाउने, बजेट सक्ने र समय बर्बाद गरिदा अन्ततोगत्वा नोक्सान देश र जनताकै हुने हो । यस्ता देशमारा, जनतामारालाई कारवाही गर्ने कानुन कहाँ छ ? ठेकेदार र गुणस्तर हेर्ने इन्जिनियरले किन छुट पाइरहेछन् ?