Advertisement Banner
Advertisement Banner

०४ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

महामहिम राजदूत किकुता भन्नुहुन्छ–

०३ सोमबार , जेठ २०७८४ बर्ष अगाडि

युताका किकुता नेपालका लागि जापानी राजदूत हुनुहुन्छ । क्यारिएर कूटनीतिज्ञ किकुता भन्नुहुन्छ– जापान–नेपाल सम्बन्ध थप उचाइमा पु¥याउन प्रयत्नशील रहनेछु ।
भुटान र भारतमा डेपुटी चिफ अफ मिसन रहेर काम गर्नुभएका किकुताले नेपाललाई बुझ्नुभएको छ । सम्भवतः त्यसैले सम्बन्ध विकासका लागि जापान सरकारले नेपालका लागि राजदूत बनाएको हुनुपर्छ ।
किकुताले गौरव गर्नुभएको छ– सगरमाथाको देश, बुद्धको जन्मथलो र जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्ने मुलुकमा राजदूत हुनपाइयो । यस्तो देशका जनतासँग सहकार्य गर्ने उद्देश्य छ ।
उहाँका अनुसार नेपाल र जापान निकै लामो समयदेखि सुमधुर सम्बन्ध र असल मित्रका रूपमा अघि बढिरहेका छन् । यस्तो सम्बन्धको जगमा रहेर यसलाई थप प्रगाढ बनाउनका लागि म पनि मेरो कार्यकालभर प्रयत्नशील रहने छु । मेरो यस्तो रणनीति छ कि म यहाँ रहुञ्जेल मैले धेरै भन्दा धेरै नेपाली नागरिक, नेपालका उच्चस्तरीय नेता, उच्च सरकारी अधिकारीसँग भेट तथा अन्तक्र्रिया गर्नेछु । त्यसैगरी सम्भव भएसम्म म नेपालका धेरै स्थानको भ्रमण पनि गर्नेछु ।
मलाई लाग्छ नेपाल जापान सम्बन्धलाई थप उचाइमा पु¥याउनका लागि जापानसँग धेरै साधन एवं प्रक्रियाहरू पनि छन् । जस्तो कि नागरिकका धारणा एवं आवाज सुनेर तथा नेपालका अनेकन अवसर अर्थात सम्भावना र चुनौती सुनेर पनि दुई देशबीचको सम्बन्धलाई नयाँ आयाम दिन सकिनेछ, सजिलो पर्नेछ । मैले यस्ता र अरू पनि धेरै सम्भावनाको खोजी गरेर र आवश्यक र सम्भव विधिहरूको प्रयोग गरेर दुई देशबीचको सम्बन्धलाई अरू प्रगाढ बनाउने छु ।
उहाँले सम्बन्धको इतिहास धेरै लामो र गहिरो छ भन्दै भन्नुभएको छ– जापानी भिक्षु एकाइ कावागुचीको सन १८९९ मा भएको नेपाल भ्रमणबाट शुरू भएको सम्बन्ध हो यो । कूटनीतिक सम्बन्ध सन १९५६ मा स्थापित भयो । त्यसयता हामीले दुई देशबीचको सम्बन्धलाई असल मित्रका विकास गर्दै आएका छौँ । 
सन २०११ मा जापानमा आएको महाभूकम्प र सुनामीले गर्दा त्यहाँको तोहोकु क्षेत्रलाई निकै क्षति पुगेको थियो । त्यस समयमा हाम्रो दुःखमा हामीप्रति सहानुभूति राखेर हाम्रा लागि नेपाली नागरिकले प्रार्थना गर्नुभएको थियो । हामी नेपाली नागरिकप्रति कृतज्ञ छौं । नेपालमा सन् २०१५ मा गएको भूकम्पका समयमा नेपाललाई पनि जापानले सक्दो सहयोग गरेको थियो । सन २०१६ मा जापानमा गएको भूकम्पबाट प्रभावितहरूलाई नेपालीले दालभात पकाएर खुवाएका थिए । नेपाल र जापानबीच भएका सहृदयी सदभावका यी उदाहरणहरूले पनि नेपाल र जापानको सम्बन्ध पारस्परिक सहयोग र सम्मानका साथ अघि बढेको प्रमाणित भएको छ । आउँदा दिनहरूमा जापानले कोभिड–१९ विरूद्धको लडाइँमा अन्तरराष्ट्रिय समुदायसँगको साझेदारीलाई निरन्तरता दिनेछ । राससको सहयोगका साथमा ।