Advertisement Banner
Advertisement Banner

२१ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

एमसीसीमा प्रचण्डको विरोध टिक्ला ?

३० सोमबार , चैत्र २०७७५ बर्ष अगाडि

संसदमै एमालेले सभामुखले थन्क्याएको एमसीसी प्रस्ताव टेबुल गर्न माग गरेको छ । यो मागका सम्बन्धमा प्रचण्ड–माधवपक्ष मौन रहेको अवस्था छ । यस सम्बन्धमा विश्लेषक प्रेम सागर पौडेलको विश्लेषण यस्तो छ–

नेपालमा बाह्य शक्तिकाे उपस्थिति राजनीतिक, अार्थिक, साँस्कृतिक, सैन्य, सामाजिक लगायतका क्षेत्रमा प्रचुरमात्रामा छ। राणा शासनदेखि नै वैदेशिक हस्तक्षेप बढ्न थालेको भए पनि पञ्चायतकालकाे उत्तरार्धमा निकै कसिलो भएको महशुस गरिएको हो। वैदेशिक हस्तक्षेपमा नै राजनीतिक परिवर्तनका लागि वातावरण बनाइएको सम्बन्धितहरुले बेलामाैकामा स्विकारेका छन्। जाे घामजत्तिकै छर्लङ्ग छ।

अमेरिकाको छातावाट भारत बाहिरीन खोजेको अवस्थामा अमेरिकाले इण्डाे प्यासिफिक रणनीतिको केन्द्रिय भुमिका नेपाललाई दिन खोजेको थियो। अमेरिकाले अाफुसँग बार्गेनिङ गरेको राम्रोसँग बुझेको भारतले रअ मार्फत प्रचण्डलाई एमसीसीकाे विरोध गर्न लगाएका थिए। नेकपा भित्रैवाट बिरोध भएकाले नेपालको संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुन सकेको छैन। यसअघि अमेरिकाले अगाडि सारेको इण्डाे प्यासिफिक रणनीतिको साझेदार हुन आनाकानी गर्दै आएको भारत आईपीएसको बिधिवत सदस्य हुन राजी भएको छ। यसैबीच भारत र अमेरिकाको बिचमा पछिल्लो पटक बीईसीए सम्झौता भएको छ।