Advertisement Banner
Advertisement Banner

०५ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

हामी नेपाली मित्रहरूलाई सिन्चियाङ भ्रमणका लागि निमन्त्रणा गर्न चाहन्छौं

०४ मंगलबार , फाल्गुण २०७७४ बर्ष अगाडि

# हाेउ याञ्छी, नेपालका लागि महामहिम चिनियाँ राजदूत - - 
सिन्चियाङको मामिला पूर्ण रूपले चीनको आन्तरिक मामिला हो, हामी अरू कसैले तथाकथित मानव अधिकारको बहाना बनाई चीनको आन्तरिक मामिलामा गरेको हस्तक्षेपलाई कडाइसाथ विरोध गर्छौं । दोस्रो, सिन्चियाङ अहिले इतिहासकै सबैभन्दा समृद्धशाली अवस्थामा छ । त्यहाँको आर्थिक सामाजिक विकास र जनजीवनमा अभूतपूर्व उपलब्धि भएका छन् । म यहाँ केही तथ्यांक प्रस्तुत गर्न चाहन्छु । सन् २०१० देखि २०१८ सम्ममा सिन्चियाङमा उग्वेर जातिको जनसंख्या १ करोड १ लाख ७० हजारबाट बढेर १ करोड २७ लाख २० हजार पुगेको छ । त्यसकारण तथाकथित ‘जातीय विनाश’ नितान्त आधारहीन कुरा हो । सन् २०१४ देखि २०१९ सम्म सिन्चियाङ क्षेत्रको कुल गार्हस्थ्य उत्पादन ९ खर्ब १९ अर्ब ५९ करोड यूआनबाट बढेर १३ खर्ब ५९ अर्ब यूआन पुगेको छ । वार्षिक औसत वृद्धिदर ७.२ प्रतिशत छ । व्यक्तिगत आयको वार्षिक औसत वृद्धिदर ९.१ प्रतिशत छ । विगत चार वर्षदेखि सिन्चियाङमा एउटा पनि आतंककारी घटना भएको छैन । समाज स्थिर छ । जनता खुसी छन् । यी उपलब्धिमाथि शंका गर्न सकिँदैन ।
तेस्रो, पश्चिमी देशका केही राजनीतिज्ञले आफ्नो व्यक्तिगत स्वार्थका लागि अथवा आफ्नो पक्षपातपूर्ण सैद्धान्तिक दृष्टिकोणका कारण सिन्चियाङसम्बन्धी कपोलकल्पित भ्रामक कुरा गर्ने गरेका छन् । चीनले धेरैपटक ती कुराको आलोचना र खण्डन गरी सत्यतथ्य प्रकाशमा ल्याइसकेको छ । नेपालले सदैव अडिग भई एक चीन नीतिको समर्थन गरेको र चीनको जातीय नीतिको समर्थन गरेकामा हामी कृतज्ञता ज्ञापन गर्छौं । केही देश र राजनीतिज्ञहरूले मानव अधिकार, धर्म आदि कुरालाई बहाना बनाई अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने दुराशयको हामी नेपालसँग मिलेर विरोध गर्न चाहन्छौं र संयुक्त रूपमा विकासशील देशहरूको साझा हितरक्षा गर्न चाहन्छौं । हामी नेपाली मित्रहरूलाई सिन्चियाङ भ्रमणका लागि निमन्त्रणा गर्न चाहन्छौं । सिन्चियाङ आई त्यहाँका सुन्दर पहाड, नदीनाला हेर्नुहोस्, सिन्चियाङका विभिन्न जातिका जनताको एकता र आपसी सहयोगयुक्त शान्तिपूर्ण जीवनको अनुभव गर्नुहोस् । मलाई विश्वास छ, सिन्चियाङप्रति तपाईंहरूको धारणा अझ सुन्दर हुनेछ ।