The President of Pakistan @PresOfPakistan
The President congratulated the team on surmounting K-2 in harsh winter. He appreciated the courage and strength of Sherpas which had done a marvellous job by conquering the second highest peak of the world.
The President said that both countries enjoyed excellent relations and such activities would further increase goodwill between the two countries.
काठमाडौं । माघ ८ गते नेपाली हिमाल आरोहण टिमलाई पाकिस्तानी राष्ट्रपतिले भेटेर बधाई दिएका छ्न । हिउँद याममा दोस्रो सर्वोच्च शिखर माउन्ट केटु आरोहण गरेर नेपाली टोलीले कीर्तिमान रचेको हो । पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले हार्दिक बधाई दिंदै यो साह्रै ठूलो उपलव्धि भएको बताउनु भएको छ ।
पाकिस्तानी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा राष्ट्रपति अरिफले नेपाली आरोहण टोलीलाई बधाइ एवं शुभकामना दिएका थिए । भेटमा राष्ट्रपति अरिफले केटु आरोहणको सफलताले पाकिस्तानको पर्यटनमा टेवा पुग्ने विश्वास लिएको जनाइएको छ । र, विज्ञप्तिमा यस्ताखाले गतिविधिले दुई देशको सम्बन्ध थप प्रगाढ हुने उल्लेख छ । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी र आरोही दलका सदस्य निम्स पूर्जाले नेपालका तर्फबाट पाकिस्तान सरकारको सहयोगप्रति आभार व्यक्त गनुभएको थियो ।
केटु हिमाल आरोहण गरेर इस्लामावाद फर्किएको आरोहण टोलीलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि बधाई दिनुभएको छ भने पाकिस्तानी सेनाप्रमुखले पनि स्वागत गरेर नेपाली टोलीलाई हार्दिक त्रधाई दिनु भएको हो ।
सेभेन समिट ट्रेक्सका अनुसार नेपाली टोलीले ८,६११ मिटर उचाइको केटु आरोहण गरेर कीर्तिमान राखेको छ ।