Advertisement Banner
Advertisement Banner

०५ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

देशको रक्षक बन्ने अवसर गुमाउदै नेताहरु

१७ सोमबार , कार्तिक २०७७४ बर्ष अगाडि

गंगा दहाल –
समय सधैँ सकारात्मक रहदैन । समयले कसैलाई पर्खदैन पनि । अवसर बारबार आउन नआउन पनि सकछ । जब अवसर प्राप्त हुन्छ, त्यति बेला हो इतिहास बनाउने, राष्ट्रनिर्माणको जग हाल्ने ।
हामीसँग ऐतिहासिक नेपाली कांग्रेस र नेकपाजस्ता पार्टीहरु छन् । यी पार्टीभित्र समयको परीक्षामा सफल भएका दिग्गज नेताहरु पनि छन् । ती नेताहरुमा जनताले विश्वास गरेको पनि हुन् । जनताले दिनुपर्ने जनबल दिन कुनै कञ्जुसी गरेका छैनन् । कहिले कांग्रेस र कहिले कम्युनिष्टलाई राम्रो काम गर्न माँगेअनुसारको र जनताले विवेक लगाएर जनादेश दिएकै हुन् । यतिबेला सबैभन्दा राम्रो समय के छ भने नेकपा सत्तामा छ र नेकपाली कांग्रेस प्रतिपक्षी दल बनेको छ । यी दुबै ऐतिहासिक पार्टीका नेताहरुले विवेक पु¥याउने हो भने समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्नसक्ने अवसर छ । तर केही वर्षको अनुभवले बताउँछ, वर्तमान कालखण्डमा घटेका घटनाक्रमले स्पष्ट पार्छ, यी नेताहरुले समयलाई चिन्न सकेनन् । समयको खरीमा आफूलाई घोट्न सकेनन् । यिनले समय चिनेनन्, अवसर गुमाए । जनतामा यिनलाई पुछी फाल्ने अवस्था आइसकेको छैन, यिनका हातमा अझै पनि चिप्लिदै गएको अवसर छ । यी नेताहरुले अवसरलाई जनअपेक्षाको साँचोमा ढाल्न सक्ने हो भने भत्किदै गएको लोकतन्त्रको महल जोगिन सक्छ । यदि समयको आवाज नसुन्ने हो भने जनबाढीले हुत्याउन पनि सक्छ ।
केपी ओलीजस्ता लामो समय जेल यातना भोगेका नेता, जसले पार्टी अध्यक्ष हुँदा मेरा बाँकी समय देशका लागि भनेका थिए । प्रधानमन्त्री हुनासाथ देश र जनताका लागि काम गर्छु पनि भनेका हुन् । यी परिपक्व नेता हुन् ।
प्रचण्ड दशवर्षे जनयुद्धबाट खारिएर जन्मेका नेता । पटक पटक सत्तामा पनि पुगिसके । यिनका लागि सडक र सत्ताका दुबै अनुभवहरु छन् । यिनले जनयुद्धकालमा पहाड, हिमाल, तराईका दुःखहरु देखेका छन् । ती देशभित्रका दुःखहरुलाई कसरी हटाउन सकिन्छ भन्ने यिनमा पक्का धारणा बनिसकेको मान्न सकिन्छ । देशमा चाहिने यसतै खारिएका र परिक्व नेताहरु नै हुन्, जसले यो पुस्ता र आउने पुस्ताका लागि केही उदाहरणीय राजनीतिक मार्ग छाडेर जानसक्छन् ।
शेरबहादुर देउवा । सडक संघर्षका दिन । सत्ता संघर्षका दिन । पटक पटक सत्तामा पुगेर राजनीति र कूटनीतिका चालहरु बुझिसकेका समाजवादी । देउवाले सडक, सत्ता र जनतालाई राम्ररी बुझेका छन् । यस्तै बुझकीहरु राजनीतिमा चाहिने हो । जसले देशलाई सही मार्गमा हिडाउने ल्याकत राख्छन् ।्
तर, सत्ता र शक्तिका केन्द्रमा रहेका यी तिनैजना नेता जनताको नजरमा कसिंगर बनेको अवस्था छ । जनताले हार्दिक स्वागत र प्रशंसा गरिरहेका छैनन् । यो कुरा यिनलाई थाहा छ । अपेक्षा यत्ति छ कि देशको रक्षक बन्ने अवसर छ, गुमाउनु भनेको ज्यूँदै मर्नु हो भन्ने बुझ्नु बेश ।