Advertisement Banner
Advertisement Banner

२८ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

जेब बुसले नेपाल सम्भि्कए

१४ सोमबार , असार २०७२११ बर्ष अगाडि

जेब बुस आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतिको चुनावका उमेदवार हुन्। पूर्वराष्ट्रपति जर्ज बुसका छोरा जेब बुस व्यापारमा दख्खल राख्छन् र राजनीति गरिरहेका छन्। उनको सिधा टक्कर पूर्वराष्ट्रपति पत्नी हिलारी क्लिन्टनसँग हुनेवाला छ। यी दुबैको प्रचार अभियान तीब्र भइसकेको छ। जेब बुसमाथि इराक युद्धमा जर्ज बुसले किन समर्थन गरेको भन्ने प्रश्न प्रवल रुपमा मतदाताले उठाएका छन् भने हिलारी क्लिन्टनलाई ओवामाको असफलताको उत्तराधिकारीका रुपमा बहसको विषय बनाइएको छ।

यद्यपि यी दुबै उमेदवारवीचको चुनावी युद्ध विश्वव्यापी रुपमा चर्चाको शिखरमा पुगिसकेको छ। चुनावी प्रचार अभियानको क्रममा जेब बुसले नेपालको विपत्ति सम्भि्कए। विपदमा परेकालाई सघाउने इच्छा प्रकट गरे। उनी चुनाव अघि नेपाल आउनसक्ने सम्भाबना न्यून छ। उनले चुनाव जिते र नेपाल भ्रमण गरेर लुम्बिनी र सगरमाथा भ्रमण गरिदिए भने त्यो नेपालको व्यक्तित्व, विकास, व्यापार र पर्यटन उद्यमका लागि कोसेढुंगा साबित हुनेछ। अहिलेसम्म अमेरिकी राष्ट्रपतिहरु चीन भ्रमणमा जान्छन्, भारत र पाकिस्तान पनि पुग्छन् तर नेपाल आउने गर्दैनन्। नेपालमा भ्रमण गराउन नसक्नु हाम्रै कूटनीतिक दयनीयता पनि हो। यसपटक राष्ट्रपतिका उमेदवार जेब बुसले नेपाल आउने रहर अभिव्यक्त गरेका छन्। उनले चुनाव जितेर नेपाल आइदिए भने त्यो नेपालका लागि ऐतिहासिक घटना हुनपुग्नेछ। -Roshan Karki