सेप्टेम्बर ९, २०२० मा मैत्रीपुर्ण कोरियाली जनताले आफ्नो ७२औ राष्ट्रिय दिवस धुमधामले मनाउदै छन्।
१९२६ मा राष्ट्रवादी देशभक्त युवाहरु द्वारा स्थापित "साम्राज्यवाद - मुर्दावाद !" संगठनको स्थापना पछिको दुइ दशक लामो तर अत्यन्त कठिन ससत्र संघर्ष पछि राष्ट्रपति किम इल सुङ्ग ले जापानी सैनिक कब्जाबाट कोरियालाई मुक्ति दिलाए पश्चात ७२ वर्षा पहिले सेप्टेम्बर ९ मा महान नेता राष्ट्रपति किम इल सुङ्ग ले प्रजातान्त्रिक जनवादी गणत्रन्त्र कोरिया को स्थापना गर्नु भएको थियो। राष्ट्र पति किम इल सुङ्ग को महान समाजबादको बाटो देखि तर्सेर सम्रज्यबदिहरुले अमेरिकाको नेतृत्वमा २ बर्षको कलिलो समाजवादलाई धोस्त गर्न लामो कोरियाली युद्धको सुरुवात गरेपनि राष्ट्रिय स्वाधीनता स्वोतन्त्रता र समाजवादप्रति समर्पित वीर कोरियाली जनताले सर्वोच्च कमाण्डर राष्ट्रपति किम इल सुङ्गको नेतृत्वमा साम्रज्यवादिहरुलाई कोरियाली भुमि छाड्न बाध्य बनाएर समाजवाद बिकाशमा लम्किएको स्मरण गर्न चाहन्छौ।
"जनता हाम्रा भगवान हुन् " भनि सम्पूर्ण जनतामा भर परि विस्वास र मायाको राजनीति गर्ने पेक्दु पर्वतका महान तथा अमर राजनेताहरु राष्ट्रपति किम इल सुङ्ग , आमा किम जोङ्ग सुक र कमरेड किम जोङ्ग इल प्रति नेपाल कोरिया मैत्री संघ यस अवशरमा उच्च सम्मान ब्यक्त्त गर्दछ।
आजको यस राष्ट्रिय पर्वमा मैत्रीपुर्ण नेपालि जनता कोरियाली जनाताहरुसंग हातमा हात मिलाई खुसियाली मनाउन चाहान्छ र सम्पूर्ण जनतामा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छ र कोरियाली जनताको न्यायपूर्ण संघर्षमा पूर्ण समर्थन र एकाबध्धता प्रकट गर्न चाहान्छ।
यस अवशरमा मह्हन जु छे विचारधारा र सोंगुन राजनीतिको सफल प्रयोग गरि कोरियालाई अझ बलियो र जनताको समाजवादमा रुपान्तरण गर्न सफल कोरियाली क्रान्तिका सच्चा उत्तराधिकारी तथा कोरियाका सर्वोच्च नेता महामहिम मार्शल किम जोङ्ग उन प्रति हार्दिक बधाई तथा शुभकामना बेक्त गर्दै कोरियाली जनता , कोरियाली मजदुर पार्टी , कोरियाली ससस्त्र फौजलाई एकढिक्का बनाइँ कोरियालाई पून:एकीकरण प्राप्त गर्न र साम्राज्यबादीहरुको लुकेको चाहनालाई धोस्त पार्दै एक सबल सक्षम र जनता द्वारा जनताको लागि जनता प्रति समर्प्रित जनताको समाजवादको नेतृत्व गर्ने सफलता हाशिल गर्न सुस्वास्थ र दिर्घयुको शुभकामना दिन चाहन्छौ।
- नेपाल कोरिया मैत्री संघ
३ सेप्टेम्बर,२०२०