Advertisement Banner
Advertisement Banner

२५ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सेभ द चिल्ड्रेनलाई पाकिस्तान निकाला

३२ सोमबार , जेठ २०७२१० बर्ष अगाडि

सेभ द चिल्ड्रेनलाई पाकिस्तान सरकारले देश निकाला गरेको छ। किन? यसवारेमा विश्वभरि चर्चा सुरु भएको छ। नेपालमा पनि सेभ द चिल्ड्रेनले काम गरिरहेको छ। कतै पाकिस्तानमा झैं नाम विपरित काम गरेको त छैन? बालबालिकाको विषयमा विश्वव्यापी रुपमा चर्चित काम गर्ने संस्था हो सेभ द चिल्ड्रेन। पाकिस्तानले बालबालिकाको हितमा काम गर्ने नाममा पाकिस्तानविरोधी गतिविधि गरेको प्रमाणसहित सेभ द चिल्ड्रेनलाई पाकिस्तान छोड्न भनेको छ। भनिन्छ, सेभ द चिल्ड्रेनले पाकिस्तानविरुद्ध ठूलै राष्ट्रघाती मिशन चलाएको छ। असली प्रमाण र कारण न पाकिस्तानले खुलासा गरेको छ, न सेभ द चिल्ड्रेनले। पाकिस्तान प्रहरीले सेभ द चिल्ड्रेनको कार्यालय आफ्नो कब्जामा लिइसकेको छ। १५ दिनभित्र पाकिस्तान नछाडे कारवाही हुने जनाउ दिएको छ। पाकिस्तानमा ३० वर्षदेखि काम गरिरहेको सेभ द चिल्ड्रेनका १२ सय कर्मचारी अन्यौलमा परेका छन् र सेभ द चिल्ड्रेनले पनि पाकिस्तान सरकारको कारवाहीमा बोलेको छैन।