Advertisement Banner
Advertisement Banner

२२ मंगलबार, पौष २०८२20th November 2025, 6:33:20 pm

सीमाबारे शिथिल हुनुहुन्न

०८ सोमबार , असार २०७७६ बर्ष अगाडि

सीपी गजुरेल– 
लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपाली भूभाग हुन्, यसलाई भारतको कब्जाबाट छुटाउनु पर्छ र नेपालको कायम गर्नु पर्छ । यसका लागि दायाँबायाँ गर्ने कुनै गुञ्जाइस नै छैन । नेकपाका नेता सीपी गजुरेलले भारतमाथि आक्रोसित हुँदै एकतामा जोड दिएका छन् । गजुरेलले अगाडि भनेका छन्– यस सन्दर्भमा गम्भीर रुपमा महसुस गर्नु पर्ने विषय के देखियो भने इतिहासको एउटा लामो काल खण्डमा विभिन्न अवधिमा शासन गर्दै आएकाहरुले आफ्नो देशको नक्सा पनि तयार पारेर वितरण गर्न सकेका थिएनन् । त्यति पनि हैसियत वा हुती नभएकाहरुले अन्तर्राष्ट्रिय रुपमा नेपाल र नेपालीको गौरवलाई के अगाडि बढाउन सकुन् ? यस दृष्टिबाट विचार गर्दा नक्सा बनाउने र संसदबाट सर्बसम्मतिबाट पारित गर्ने कामलाई सकारात्मक मान्नुपर्छ । यसको अवमूल्यन गरिनु हुँदैन । क्रान्तिकारी र देशभक्त शक्तिहरुले लामो समयदेखि गर्दै आएको भारतीय अतिक्रमणविरोधी संघर्ष र त्यसअन्तर्गत नेपालको वास्तविक नक्सा जारी गर्नुपर्छ भन्ने नक्सा सहितको मागले आजको स्थिति आउनमा महत्वपूर्ण भूमिका खेलेको छ ।  भारतको प्रमुख प्रतिपक्षी पार्टी राष्ट्रिय कांग्रेसले बि जे पी सरकारको विदेश नीति असफल भनेर आलोचना गर्दै आएको छ । अहिलेको नक्सा प्रकरणमा पनि नेपाललाई भड्काउने काम मोदी सरकारबाट भएको छ । देशभक्त नेपालीहरुले पछिल्लो चरणमा आएर गरेको सडक संघर्षको पनि यसमा महत्वपूर्ण योगदान रहेको छ ।
कसले, कुन संगठनले, कुन प्रकारको भूमिका खेले, त्यसको मूल्यांकन त इतिहासले गर्ने नै छ । अहिलेकालागि नेपालका देशभक्त शक्ति र जनताले उठाउँदै आएको माग यतिखेर आएर पूरा भएको रुपमा यसलाई बुझ्दा नै सहि हुन्छ । भूभाग फिर्ता ल्याउन सहज सोचेको छ भने त्यो एउटा अज्ञानता मात्र हुने छ । अव  कम्मर कस्नुको विकल्प छैन ।