Advertisement Banner
Advertisement Banner

३० शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सम्बन्ध बिगारेर भारतले गम्भीर गल्ती गर्‍यो : करण सिंह

०१ सोमबार , असार २०७७५ बर्ष अगाडि

 

 

२०६३ साल वैशाख ११ गते ७ राजनीतिक दल र राजावीचको सम्झौताका एकमात्र भारतीय शासकका साक्षी, त्यो सम्झौताबारे किन बोल्दैनन्, बेदान्ताचार्य करण सिंह ? सं. गोरखा एक्सप्रेस ।

 

 प्रधानमन्त्री ओलीले द्वन्द्व बढाएको गुनासो थाहा संवाददाता  |  १० घण्टा अघि असार १, २०७७ नयाँ दिल्ली : नेपालसँगको सम्बन्धन तनावपूर्ण बन्‍नुमा भारतको गम्भीर कूटनीतिक कमजोरी रहेको भारतका वरिष्ठ राजनीतिज्ञ करण सिंहले बताएका छन्। नेपाल-भारत सम्बन्धका जानकार उनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सीमा विवाद पुरानो भए पनि गत नोभेम्बरमा नेपालले उक्त मुद्दा उठाउँदा भारतले गम्भीरतापूर्वक नलिएर ठूलो गल्ती गरेको बताएका छन्।  गत नोभेम्बरमै नेपालले उक्त विषय उठाउँदा भारतले गम्भीरतापूर्वक नलिएको देख्दा आश्‍चर्य लागेको उनले बताएका छन्। 'त्यतिखेर तत्कालै विदेश सचिवस्तरीय वार्ताका पहल गर्नुपर्ने थियो', उनले भनेका छन्, 'आवश्यक परेको खण्डमा परराष्ट्रमन्त्री र प्रधानमन्त्री तहमा पनि संवाद हुनुपर्ने थियो, तर भारतले वार्ताको तदारुकता नदेखाएर गम्भीर गल्ती गर्‍यो।' नेता सिंहले भारतका तर्फबाट भएको गम्भीर कूटनीतिक कमजोरीकै परिणाम अहिलेको जटिल परिस्थिति सिर्जना भएको जनाएका छन्। भारतले नेपाली भू-भाग कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई समेटेर २०१९ नोभेम्बरमा नयाँ राजनीतिक नक्सा निकालेपछि नेपालले आपत्ति जनाएको थियो।  भारतले नयाँ नक्सा निकालेपछि नेपालले वार्ताका लागि दुई पटकसम्म कूटनीतिक नोट पठाएर वार्ताका लागि आग्रह गरेको थियो। नेपालको उक्त आग्रहलाई भारतले बेवस्ता मात्रै गरेन लिपुलेक क्षेत्रमा नेपाली भूमिबाटै बनाएको सडक नै उद्घाटन गर्‍यो। नेता सिंहले व्यक्तिगत र राजनीतिक नाता भएका हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई मुलुकबीचको सम्बन्ध बिगारेको पनि आरोप लगाएका छन्। 'गहिरो सामाजिक, सांस्कृतिक, परम्परागत, आर्थिक र राजनीतिक सम्बन्धका बाबजुद नेपाललाई सच्याउन नमिल्ने गरी प्रधानमन्त्री ओलीजीले सधैँका लागि भारतसँगको द्वन्द्वको अवस्थामा पुर्‍याएकोमा भने दु:ख लागेको छ।'
@ Read more at: https://thahakhabar.com/news/100636