नेपालमा महाभूकम्प गएको खबर पाएका अमेरिकी राष्ट्रपति बाराक ओवामाले नेपाललाई राहत र उद्धारमा सघाएपछि नवनिर्माणमा सघाउन इच्छा प्रकट गरेको केही दिनभित्रै अमेरिकाबाट खबर आएको छ– नेपालको जोखिममा परेको अर्थतन्त्र बचाइदिन नेपाली तैयारी पोसाक आयातमा शून्य भन्सार दरको सुविधा दिने। अमेरिकाले भन्सार छुट सुविधा दियो भने मरणासन्न भइसकेको तैयारी पोसाक उद्योगले नयाँ जीवन पाउनसक्नेछ भने अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने निश्चित छ। क्यालिफोर्नियाकी सिनेटर डायन फेनिस्टिनकाले सिनेटमा यस्तो प्रस्ताव गरिसकेको जनाएको खबर सार्वजनिक भइसकेको छ। थप खबर आएको छ, सिनेटमा यो प्रस्ताव पारित गर्न सकारात्मक वातावरण बनिसकेको छ, नेपालले यस्तो सुविधा पाउने पक्का छ। तैयारी पोसाकसँगै कार्पेट र पस्मिना उद्योगले पनि विश्वका विभिन्न देशमा निकासी सुविधा पाउने सम्भाबना बढेर गएको छ। नेपाली उत्पादनको जतिबढी माग बढ्यो, त्यति अर्थतन्त्र बलियो हुनेछ र उनीहरुले अप्रत्यक्षतः त्यसरी नेपाललाई सघाउने मनस्थिति बनाएका छन्। अमेरिकाको तैयारी पोसाकको भोलुम ०२ प्रतिशतमात्रै हो तर त्यसमा केही मात्र नेपालले सुविधा पायो भने नेपाली तैयारी पोसाक उद्योगले उत्पादन नै गर्न नभ्याउन सक्छ। अमेरिकाको सानो माग, नेपालका लागि धेरै ठूलो हुनेछ। डा.अर्जुन कार्की राजदूत भएर अमेरिका पुगेपछि राष्ट्रपतिसँगको भेटमा उनले प्रभाव पारिसकेका थिए। अव मन्त्रीस्तरको भ्रमण भइदियो भने अमेरिकी सफ्ट धारणाले नेपाललाई ठूलो अवसर प्राप्त हुनसक्छ। राजदूत कार्कीलाई केही पूर्वराजदूतहरुले सघाएका छन्, सुझाव दिएका छन्। नेपालप्रति सकारात्मक धारणा भएका सिनेटर, सांसदहरुको नामावली दिएका छन्। जसले जे सक्छ, लविङ गर्ने हो भने सिनेटमा पुगेको खारेज भएको कोटा खुला गर्ने प्रस्तावका पक्षमा मतको ओजन बढ्नेछ। यसो हुनु भनेको अमेरिकाद्वारा खारेज गरिएको नेपाललाई प्राप्त तैयारी पोसाकको कोटा पुनः प्राप्त गर्नु हो।