महिला र मासिक धर्म प्राकृतिक कुरो हो। सङमी जोङ कोरियाली स्वयंसेवक। १२ वैशाखमा भूकम्प गएपछि देशैभरि त्रास फैलियो। घरबार हुनेजति सडकमा आए। पाउनले पाल पाए, त्रिपाल पाए, नपाउनेले खुला आकाशमुनी जीवन बाँच्न थाले। त्यतिबेला सङमी जोङ पनि पालमुनी आइपुगिन र उनको मासिक धर्म पनि त्यतिबैला नै भयो। त्यसपछि उनले बयस्क महिलाहरुको मासिक धर्मको पीडा बुझिन् र सहयोग गर्ने मन बनाइन्। सङमी जोङ भन्छिन्– मेरो यही बेला मासिक धर्म सुरु भयो। मसँग प्याड थिएन, जुन पालमुनी बसेको थिएँ, शौचालय र पानीको सुविधा थिएन। यो अभाव र त्रासदीले मेभित्र थप पीडाबोध हुँदै गयो। म राजधानीमा छु र त यतिबिघ्न कठिनाई भोगिरहेको छु भने राजधानी बाहिर, बिकट ठाउँका महिलाको अवस्था कति कष्टकर होला? भन्ने लाग्यो। मन बिझाइरह्यो। मानिसहरुले ज्यान गुमाएका छन्, घर भत्किएका छन्, मन चुँडिएको छ। यस्तो अवस्थामा मासिक धर्म भएका महिलाहरु भित्रभित्रै अर्को पीडा भोगिरहेका होलान्। मैले केही गर्नुपर्छ ती महिलाहरुका लागि भन्ने लाग्यो। उनको यही इच्छाले काम गर्यो र उनले बिकटका महिलाहरुका लागि यहीँ पाइने कपडाबाटै पुनः प्रयोग गर्न सकिने प्याड (रियुजेबल मेन्चुरल सेनेटरी प्याड) बनाउन लगाइन् र दुर्गममा पुगेर वितरण गर्न थालिन्।
धन्यवाद सङमी जोङ, तिम्रो यो उदारता नेपाललाई गुण भयो ।
सङमी जोङले वियोन्ड नेपाललाई समातिन्। लोचन झाले पनि साथ दिइन्। सङमी जोङ भन्छिन्: मासिक धर्मलाई चाहिने प्याड अर्थात यो महिलाको आत्मसम्मानसँग गाँसिएको विषय हो। हामीले महिलालाई सघाउन चाह्यौं र सघायौं। लोचन झाले पनि यो कार्य गरेर सन्तुष्टि पाएको बताइन्। सरकार र संस्थाहरुले पनि प्याड बितरण गरेका छन्। तर सङमी जोङ भनिछन्– पुनःप्रयोग गर्न नमिल्ने प्याडले फोहर बढाउँछ। समस्या अनेक छन्, फोहर सफाईको समस्या झन ठूलो छ। हामीले पुनःप्रयोग गर्न मिल्ने प्याड बनाएर ६ जिल्लामा ५ हजार महिलालाई २० हजार सेनेटरी प्याड बाँड्यौं। बारपाकमा ६ हजार थान यस्ता प्याड लाने योजनामा जुटेका छौं। माग बढ्दैछ, माग राजधानीका सहरहरुबाट पनि आएका छन्। सङमी जोङ भन्छिन्– टिकाउ र वातावरणमैत्री भएकाले अस्थायी शिविरमा बस्ने महिलाका लागि यो उत्तम विकल्प हो। राम्ररी धुने हो भने यो याडलाई पाँच वर्षसम्म प्रयोग गर्न सकिन्छ।
१५ गते शुक्रवार :
गोरखा एक्सप्रेसको वेभसाइट डिजाइन र रिपोर्टर म रोशन कार्की बर्थडे फरेष्ट संस्था खोलेर वातावरण मैत्री क्षेत्रमा काम गरिरहेको छु। युएनएफसीसीसीको निम्तोमा जर्मन जाने क्रममा कोरिया पनि घुम्ने योजना बनाएर भिसाका लागि कोरियान दूतावास पुग्दा ठूलो कन्टनेरमा त्रिपालहरु आइरहेका थिए। झण्डै ४० जनासम्म बस्न मिल्ने ती ठूला त्रिपालहरु भूकम्प पीडितका लागि वितरण गर्न ल्याइएको एकजना दूतावासका कर्मचारीले बताए। दूतावास बसेकै घर चर्किएको रहेछ। र, बाउण्ड्री वाल भत्किएर मर्मतको कार्य भइरहेको पनि देखें। दूतावासका कर्मचारीका निवासहरु चर्किएका र भत्किएका कुरा पनि सुनियो। आफै भूकम्पको त्रासदीमा बाँचेका कोरियाली कर्मचारीहरु नेपाली भूकम्पपीडितलाई कसरी सहयोग गर्न सकिन्छ भनेर चिन्ता व्यक्त गरिरहेका छन् र त्रिपाल, खाद्य सामग्रीलगायतका राहत बितरणमा जुटिरहेका छन्। कोरियाले नगद सहयोग पनि गरेको छ र नेपालले अनुरोध गरेको खण्डमा थप सहयोग गर्न तैयार रहेको जनाउ पहिले नै दिइसकेको छ। दक्षिण कोरिया– आज हजारौं नेपालीलाई रोजगारी दिने मुलुक बनेको छ। रोजगारीका सन्दर्भमा कुनै शोषणका समाचार आएका छैनन्। आकर्षक गन्तव्य बनेको छ कोरिया। तिम्रो उदार मनका लागि धन्यवाद कोरिया। नेपाल–कोरियावीचको मैत्री साँच्चै सहृदयी र सच्चा भावमा छ।