Advertisement Banner
Advertisement Banner

२८ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

किन चल्यो यिनको चर्चा?

२१ सोमबार , पौष २०७१११ बर्ष अगाडि

 झट्ट हेर्दा सतहमा संविधानको चटारो परेको देखिन्छ तर राजनीतिभित्रको राजनीति बुझ्नेहरु राजतन्त्रलाई कति स्पेश दिने भन्ने विषयमा निकै माथापच्ची सुरु भएको बताउँछन्। यसैवीच दिल्ली र बेइजिङ निकट स्रोतहरु भन्छन्: दुबै मुलुक नेपालमा राजतन्त्रप्रति चिन्तामा छन्। दिल्लीमा भाजपा सरकार भएकै बेलामा दिल्लीले राजतन्त्रलाई समाप्त पार्न माओवादी हतियारले सिकार गरेको हो, अहिले पनि दिल्लीमा भाजपा सरकार नै आएको छ र किन उसलाई राजतन्त्रप्रति मोह बढ्यो, यकिन भइसकेको छैन। चीनलाई भने पूर्वराजाले बंगलादेशमा आयोजित सार्क सिखर सम्मेलनमा पर्यवेक्षक बनाउन गरेको अकस्मातको प्रस्तावले उसलाई प्रवेश त मिल्यो तर दिल्ली चिढियो र राजतन्त्रले मूल्य चुकायो। चीनको पक्षमा उभिएका पूर्वराजालाई परेको बेलामा चीनले काँध थापेन। अहिले चीन भित्री तबरले राजतन्त्रको पक्षधर बनेको देखिन्छ। दुबै मुलुक सकारात्मक भएपछि नेपालको राजतन्त्रले स्पेश पाउने त स्पष्ट भएको छ तर यतिखेर पूर्वराजा वीरेन्द्रकी नातिनी श्रुतिको छोरीलाई 'बेबी क्वीन' बनाउनुपर्छ भन्ने आवाज सशक्त पार्टीभित्रबाट चुहिएको छ। किन सशक्त पार्टीलाई राजतन्त्रको सम्झना आयो? आश्चर्य मानिएको छ।

र, यतिनै बेला एमाओवादीका नेता हरिबोल गजुरेलले आन्दोलनका उपलव्धिलाई संस्थागत गर्न साझा अवधारणा बनाउनै पर्छ भनेका छन्। कांग्रेस र एमालेले राजतन्त्रलाई फाइदा पुर्‍याइरहेको अभिव्यक्ति पनि दिएका छन्। केही दिन अघि प्रचण्डले समेत ओलीलाई तिमी महाराजा होइनौं भनेर राजतन्त्रको सम्झना गरका थिए। जेहोस्, जनताले पूर्वराजाको जयजयकार गर्नु र राजनीतिक दलहरुभित्र राजतन्त्रलाई स्पेश दिने सकारात्मक सोचका साथ (ग्रिवाणी) बेबी क्वीनको चर्चा गर्नु केही न केही रहस्य त छ।