Advertisement Banner
Advertisement Banner

२५ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

धन्यवाद रायन कार्टर, प्याटि्रक प्राइज

०७ सोमबार , बैशाख २०७२१० बर्ष अगाडि

शिवप्रसाद सिग्देल
हिंसाले थिलथिलो भएको नेपालमा 'हिंसारहित शिक्षा' आवश्यक छ। यो आवश्यकता विदेशीले देखे र आफूले कमाएको केही रकम नेपालमा खर्च गरेर सन्तुष्टि लिएको देख्दा आश्चर्य लाग्छ। तैपनि नेपालीहरुले यस्तोखाले शिक्षाका लागि आफूलाई प्रेरित किन गर्न सकिरहेका छैनन्? जिल्ल पर्ने विषय हो। नेपाली पनि वैदेशिक रोजगारीमा गएका छन्। जीवन लुटाउने मात्र होइन, पर्याप्त कमाउने पनि छन्। नेपालमै पनि धनाध्ये कति छन् कति। तर तिनले हिंसारहित शिक्षाका लागि कुनै योगदान गरिरहेका देखिदैनन्। अष्ट्रेलियन क्रिकेटर रायन कार्टर साथीहरुसमेत लिएर वर्षौंदेखि नेपालमा हिंसारहित शिक्षाका लागि योगदान दिइरहेका छन् भन्ने समाचार रोमाञ्चक समाचार हो। हिंसा पिडित हामी, हामीले हाम्रै पिडितहरुका लागि यस प्रकारको शिक्षा नीति बनाएका छैनौं, शिक्षामा लगानी पनि गरेका छैनौं। राष्ट्रिय स्तरमै हामीसँग कुनै योजना छैन भने निजी क्षेत्रसँग हुने कुरै भएन। हामी नेपालीको ध्यान किन शिक्षामा कम गइरहेको छ?
त्यसकारण पनि धन्यवाद रायन कार्टर, प्याटि्रक प्राइज। उनले नयाँवर्षको अघिल्लो दिन कालिमाटी, बाफलको हार्टल्याण्ड एकेडेमी पुगेर हिंसारहित शिक्षाका लागि सघाउने बचनबद्धता व्यक्त गरे। प्रिन्सिफल किरण सिंह गोयल र कोअर्डिनेटर भीम साउदले दुबै क्रिकेटरलाई स्कूल घुमाए। उनीहरुले दुईवर्षदेखि हिंसारहित शिक्षाका लागि सघाउँदै आएका थिए, अव झन सघाउन उत्साहित बनेका छन्। यो नेपालका लागि अष्ट्रेलियन प्रेरणायुक्त उपहार भन्दा फरक पर्दैन। हिंसा तथा यातना शिक्षामा आवश्यक छैनन्। पछाडि परेका समुदायका बालबालिकाका लागि शिक्षा अत्यावश्यक छ। उनीहरुले बचाएको पैसाले स्कूलमा के भयो, त्यो पनि हेरे। खुशी भए। यी दुबै सबै कक्षाकोठे पुगे, विद्यार्थीले वी आर फाइन, हाउ आर यु सर? भनेर सोधनी गर्दा यिनका आँखामा चमक देखिएको थियो। यो त्यस्तो स्कूल हो, जहाँ विद्यार्थीले लसुन, काउली, मकै र अन्य सागपात खेती गर्ने प्रविधिसमेत सिकाउँछ। उनले ल्याव रुम पनि हेरे। त्यहा ब्याटिङ फर चेन्ज अभियानबाट संकलन गरिएका बस्तु थिए। संकलित रहमले भवनको तला थपिएको थियो। दुबै खुशीले गदगद भए। अन्तमा उनीहरुले भने– हामीले जम्मा गरेको पैसा राम्रो कामका लागि खर्च भएको रहेछ, खुशी लाग्यो। त्यसपछि प्रिन्सिफले भने– हाम्रो उद्देश्य कमाउनुभन्दा पनि स्तरीय शिक्षा दिनु हो।