Advertisement Banner
Advertisement Banner

२८ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

भारतमै बन्नथाल्यो पशुपतिनाथ

३० सोमबार , चैत्र २०७१११ बर्ष अगाडि

भारतीय पुरातत्वविदहरु नेपाल आएर पशुपतिनाथको गर्भगृहमै पसेर के के गरेर गए, यसबारे अझै सरकारले केही बोलेको छैन। न त पशुपति विकास कोषले प्रष्ट पारेको छ। उनीहरुले बाहिरीदेखि भित्रीभागसम्मको फिलिम नै खिचेर फर्केपछि समाचार आयो– भारतको पुणेमा पशुपतिनाथको मन्दिर निर्माण गर्न थालियो। त्यस कार्यमा पशुपति क्षेत्र विकास कोषले समेत सघाउन मञ्जुरी दिएको छ। उनीहरुकै खर्चमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टन्डनसहितका पदाधिकारी महाराष्ट्र जान मञ्जुर समेत भएका छन्। लुम्बिनी पारी भारतले नक्कली बुद्धजन्मथलो निर्माण गर्दैछ। अमेरिकामा बसेर फरिद जकारियाजस्ता व्यक्ति बीबीसी लगायतका टीभीबाट बुद्ध भारतमै जन्मेको दुस्प्रचार गरिरहेकै छन्। यो अलग कुरो हो कि बुद्ध लुम्बिनीमा जन्मेको शिद्ध भइसक्यो। तथापि भारतीयहरु आपत्तिजनक अभिव्यक्ति दिइरहेकै छन्। पशुपतिनाथको मन्दिर विश्वभरि जति बने पनि हुन्छ। यो भक्तिको मामिला हो। तर, पशुपतिनाथको गर्भगृहमै भारतीय किन पसे, फर्कनासाथ महाराष्ट्रमा पशुपतिनाथको मन्दिर बनाउने कुरा आयो। कतै असली पशुपतिनाथको गर्भगृह नै उठाएर स्थापना गरिएको भनेर भारत कूप्रचार गर्न अघि नसरोस्। बिना क्षमा पूजा, बिना बिधिबिधान, बिना चोखोनितो भारतीय पशुपतिनाथको गर्भगृहमा पस्नु नै आपत्तिजनक हो भन्छन् विज्ञहरु। अहिले हल्ला पिटाइएको छ, पुणेमा बनाइने पशुपतिनाथ मन्दिरको आम्दानीको केही हिस्सा पशुपतिनाथलाई दिइने छ। पशुपतिनाथ मन्दिरकै आम्दानी र स्रोतहरुमा ब्यापक घोटाला रोक्न नसक्ने पदाधिकारीहरु यो लोभमा किन फसे? यो आफैमा आश्चर्यको विषय हो। दान दिनेले जहिले जसरी पनि दिनसक्छ। पदाधिकारी दान थान जानैपर्ने हो र?  राजनीतिभित्र कूटनीतिक खिचडी पाकिरहेको छ ।