Advertisement Banner
Advertisement Banner

२५ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

एसियामा अमेरिकाको राम्रो हतियार प्रणाली, के हो यो?

३० सोमबार , चैत्र २०७११० बर्ष अगाडि

अमेरिकी रक्षामन्त्रीले एसियामा सबैभन्दा राम्रो हतियार प्रणाली तैनाथ गर्ने योजनाको खुलासा गरेका छन्। यो खुलासा मात्र उत्तरकोरियाली उक्साहटमा लागेर गरेको पक्कै होइन। न त भारत, पाकिस्तानवीचको तनावले एसियामा युद्धको खतरा देखेर नै हो। फेरि किन अमेरिका राम्रो हतियार प्रणाली एसियामा नै राख्ने योजना बनायो? के हो त्यो प्रणाली भनेको? अमेरिकालाई थाहा छ– एसियामा भनेको अभावग्रस्त बढी छन्। यो क्षेत्रमा अमेरिका कुन चुनौतीलाई रोक्न र कसको प्रभावबाट भयग्रस्त भएको होला? अमेरिकी यी नेता भन्छन्– स्टिल्थ बम आक्रमण, एफ–३५ स्टिल्थ फाइटर तथा उच्च विकसित साइबर युद्धप्रणाली परिवर्तन भइरहने तरिकाले तैनाथ गर्न सकिन्छ। यसको अर्थ एउटै हुन्छ, अमेरिका रुस र चीनलाई रोक्न चाहन्छ। चीन जुन आक्रामक आर्थिक लगानीका साथ एसियामा प्रभाव जमाउन थालेको छ, कतै त्यो प्रभावले अमेरिकाको प्रभुत्व छायाामा नपरोस्। यति नै बेला चीनले उत्तर कोरियाका राष्ट्रपति किम उनलाई निम्त्याएको छ। चीन त ड्रागन बनेर नै फैलिन थालेको छ। अमेरिकी शस्त्रागार एसिया बनेपछि तनाव बढ्नु निश्चित हुनेछ। यो क्षेत्रको विकासभन्दा पनि शक्ति र शस्त्रको होडबाजी बढ्ने कारण अमेरिका बन्नेछ। सं.
एस्टन कार्टरसोल, २७ चैत। अमेरिकी प्रतिरक्षामन्त्री एस्टन कार्टरले शुक्रबार अमेरिकाले एसियामा आधुनिक हतियार प्रणाली तैनाथ गर्ने बचन दिनुभएको छ र त्यसमा पछिल्ला स्टिल्थ बमप्रहारक तथा साइबर युद्ध एकाइ पनि रहने बताइएको छ। यी प्रणाली उत्तर कोरियाजस्ता मुलुकले दिएको चुनौती नियन्त्रण गर्न यहाा तैनाथ गर्न खोजिएको बताइएको छ। अमेरिकी प्रतिरक्षामन्त्री कार्टरले सोलमा विश्वको यस भागमा अमेरिकी नयाा र सबैभन्दा राम्रा प्रणाली तैनाथ भइरहेको बताउनुभयो। उहाा हाल यस क्षेत्रका अमेरिकी सैनिक साझेदार जापान तथा दक्षिण कोरियाको भ्रमणमा हुनुहुन्छ। पेन्टागनका प्रमुखले दक्षिण कोरियाली प्रतिरक्षामन्त्री हान मिन–कुसाग वार्तामा कोरियाली प्रायद्वीप तथा अमेरिकाले उत्तर कोरियाको पारमाणविक हतियार तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमबाट देखिएको चुनौतीका विषयमा राम्रोसाग मूल्याङ्कन भएको बताउनुभयो। उहााले हालै उत्तर कोरियाले एक पटक पुनः क्षेप्यास्त्र प्रक्षेपण गरी ऊ निरन्तर रूपमा उक्साउने कार्यमा रहेको प्रदर्शन गरेको बताउनुभयो। आ136नो भ्रमणको पहिलो पाइलाको रूपमा अमेरिकी प्रतिरक्षामन्त्री कार्टर जापान आइपुग्दा उत्तर कोरियाले मङ्गलबार पश्चिमी तटीय क्षेत्रमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रहार गरेको थियो। यसअघि उसले छोटो दुरीको अनेकौा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। उसले दक्षिण कोरियाली तथा अमेरिकी सेनाबीच युद्धअभ्यासप्रति क्रोध व्यक्त गर्न ती क्षेप्यास्त्र प्रहार गरेको बताइएको थियो। उत्तर कोरियाले यस्तो अभ्यासलाई आफूमाथि आक्रमण गर्ने पूर्व–अभ्यासको रूपमा लिएको छ। अमेरिकाले दक्षिण कोरियामा ३० हजार सैनिक स्थायी रूपमा राखेको छ। दुई कोरियाले शान्ति सम्झौता नगरी युद्धविरामबाट सन् १९५०–५३ को युद्ध अन्त्य गरेकाले उनीहरू प्राविधिक रूपमा अझे पनि युद्धमा रहेका छन्। प्रतिरक्षामन्त्री कार्टरले विभाजित प्रायःद्वीपको अवस्थालाई हेरेर सैनिक प्रतिरक्षा तथा तयारीलाई जोड दिनुभयो। उहााले वर्तमान परिवतिर्त सुरक्षाका वातावरणलाई हेरी क्षमतामा विकास गरिएको बताउनुभयो। उहााले एसियाली मञ्चमा स्टिल्थ बम आक्रमण, एफ–३५ स्टिल्थ फाइटर तथा उच्च विकसित साइबर युद्धप्रणाली परिवर्तन भइरहने तरिकाले तैनाथ गर्न सकिने बताउनुभयो।
उत्तर कोरियाले आ136नो साइबर युद्धक्षमता विकास गरेको छ। उसले दक्षिण कोरियाली वित्तीय संस्थाहरूमा ह्याक आक्रमण गरी क्षति पुर्‍याएको छ। उत्तर कोरियाली नेता किम जोङ–उनको हत्याको षडयन्त्रमा आधारित हलिउडको मौलिक हाास्य चलचित्र 'दी इन्टरभ्यु' को निर्माण गर्ने सोनी फिक्चर्स नामक स्टुडियोमा निकै क्षति पुर्‍याउने गरी भएको आक्रमणका पछाडि उत्तर कोरिया रहेको एफबीआईले आरोप लगाएको छ। उहााले सोलमा वार्ताका समयमा थाड नाम गरिएको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका विषयमा छलफल नभएको बताउनुभयो। वासिङटनले यस्तो क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली दक्षिण कोरियामा स्थापना गर्न चाहेको छ। चीन तथा रसिया दुबैले थाडको तैनाथीको विरोध गरेका छन् र उनीहरूले यसले यस क्षेत्रको शान्ति तथा स्थायित्व प्रभावित हुने आरोप लगाएका छन्।