Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

नेपाल-चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेम सागर पाैडेल अाज चीन प्रस्थान

२५ सोमबार , भाद्र २०७५८ बर्ष अगाडि

नेशनल पिपुल्स कँग्रेसका उपाध्यक्ष कमरेड छन चुकाे निम्तोमा “International Think Tank Cooperation Forum” मा वक्ताकाे रुपमा सहभागी हुन नेपाल-चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेम सागर पाैडेल अाज चीन प्रस्थान गर्दै हुनुहुन्छ।

तीनसाता लामो भ्रमणका लागि चीन प्रस्थान गर्नुभएका अध्यक्ष पाैडेलले International Think Tank Cooperation Forum, “2018 Green Development Innovation Conference” लगाएतका कार्यक्रममा भाग लिनुका साथै सम्मेलनलाई अतिथिका रुपमा सम्बाेधन पनि गर्नुहुनेछ। उहाँले केही महत्त्वपूर्ण भेटघाट पनि गर्नुहुनेछ। चीन र फ्रान्सले संयुक्त अायाेजनामा सम्पन्न हुन लागेको “ईन्टरनेशनल थिङ्क ट्याङ्क काेअपरेशन फाेरम” काे थिम ” वेल्ट एण्ड राेड पहल र मानव जीवनकाे साझा भाग्य र भविष्य” रहेको छ। यस अाैपचारिक कार्यक्रममा चीन, फ्रान्स, रुस, बेलायत, भारत, काेरिया लगायत साठी देशका प्रतिनिधिले सहभागीता जनाउनेछन्।
यसैगरी, 2018 Green Development Innovation Conference काे “The Belt and Road Green City Cooperation Forum” थिम रहेको छ।

नेपालमा गठित दुई तिहाइकाे सरकारले जनताको अावश्यकता र देशको हितका पक्षमा काम गर्न नसकेको साथै दिनप्रतिदिन विदेशी हस्तक्षेप बढिरहेकोले जनतामा सरकार विरोधी अाक्राेश बढिरहेका बीच हुन लागेको अध्यक्ष पाैडेलकाे चीन भ्रमणले नेपालकाे परिस्थितिमा शक्ति सन्तुलन कायम गर्न मद्दत गर्ने अाशा र विश्वास जनस्तरबाट गरिएको पाइएको छ।