Advertisement Banner
Advertisement Banner

२५ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

रुसले किन निम्त्यायो उनलाई?

१६ सोमबार , चैत्र २०७११० बर्ष अगाडि

उत्तर कोरियाका शासक किम जोङ उनलाई किन बोलाए रुसका राष्ट्रपतिले? यो समाचार यतिखेर विश्व जिज्ञासाको विषय बनेको छ। अनेक खबर स्रोतहरुका अनुसार रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले उनलाई भ्रमणको निम्तो दिउका हुन्। उनले यो

निम्तो स्वीकार गरेका छन् र विश्वलाई नै चकित पारिदिएका छन्। यहीकारण विश्व शक्ति राष्ट्रहरुले उनको यो भ्रमणलाई चासोका रुपमा लिएका हुन्। दोस्रो विश्वयुद्धको समाप्तिको वार्षिकी पारेर रुसको निम्तो गएको हो उत्तरकोरियालाई। यो वार्षिकी

आगामी मेमा पर्छ र उन यो भ्रमणमा गएर आफ्नो विश्व भ्रमणको सुरुआत गर्नेछन्। उन सन २०११ मा किम जोङ इलको निधनपछि राष्ट्राध्यक्ष बनेका हुन् र त्यसप िछ उनले कुनै पनि विदेशी मुलुकको भ्रमण गरेका छैनन्। यो भ्रमणले उन र उत्तर

कोरियालाई कोरियाली प्रायद्विपभन्दा बाहिर पनि चर्चित पारिदिनेछ। र, विश्वले उनको क्षमता, ल्याकत र प्रभावकारिता सहितको कोरियाली राष्ट्रवाद सबैलाई देखाउन सक्ने अनुमान गरिएको छ। आफ्नो कार्यकाल र जीवनको उत्तरार्द्धमा किम जोङ

इलले पनि रुसकै भ्रमण गरेका थिए। त्यतिबेला इलले विश्वभरि नै सनसनी फैलाइदिएका थिए। उत्तर कोरिया आज पनि विश्वका लागि उत्सुकताको विषय बनेको छ। विश्लेषकहरु भन्छन्: उत्तर कोरियाको शोकको समय समाप्त भयो।अ व छलाङ मार्ने

समय आएको छ। लामो समयदेखि अमेरिकी निषेधबाट प्रताडित आफ्नै राष्ट्रवादमा मग्न उत्तरकोरियाले रुसको भ्रमणका समयमा अनेक विश्वनेताहरुसँग सान्निध्य हुने मौका पाउनेछन् र उनले आफ्नो परिचय, आफ्नो देशको आवश्यकता र आफ्नो

राष्ट्रवादिताबाट विश्वलाई परिचित गराउनेछन्।आज रुस र उत्तरकोरिया शक्तिराष्ट्रका कोपभाजनका सिकार भइरहेका छन्। किम र पुटिनको एकताले विश्वलाई अर्को सन्देश दिन खोजिएको अनुमान पनि छ। उत्तर कोरियाले रुसको साथ दिन

खोजिरहेको छ र रुसको साथ आफूले पनि चाहिरहेको छ। यो मित्रमिलापले विश्वशक्तिलाई अर्को जोल्ट हुनसक्ने विज्ञहरुको अनुमान रहेको छ। रुसले यही मौकामा ग्यास उत्तर कोरियालाई दिनसक्छ भने  उत्तर कोरियाले अनेक प्रविधि रुसलाई

दिनसक्छ। दुबै मुलुक आणविक शक्ति बनिसकेका छन्। यो चुनौतिको सामना अमेरिकाका लागि भारी पर्नेवाला छ। रुस र उत्तरकोरिायको यो मिलापले दुबै मुलुकको विश्वमा भइरहेको आलोचनाको श्वर एकाएक घट्न सक्छ र नयाँ आधार बन्नसक्छ।