Advertisement Banner
Advertisement Banner

२८ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

अलाइना नयाँ अमेरिकी राजदूत

१३ शुक्रबार , चैत्र २०७१११ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति बाराक ओवामाले अलाइना बी तप्लेजलाई नेपालका लागि नयाँ राजदूत प्रस्ताव गरेका छन्। अमेरिकी सिनेटले अनुमोदन गरेपछि उनी राजदूतमा नियुक्त हुनेछिन्। हालका राजदूत पिटर डब्लु बोडेको कार्यकाल सकिन लागेकाले

राजदूत फेरिन लागेको हो। तप्लेज विदेश मन्त्रालयका मिनिष्टर काउन्सिलर रहेकीले क्यारिएर डिप्लोम्याट हुन्। सन २००७ देखि ००९ सम्म ढाकामा र २०११ देखि १२ सम्म अफगानिस्तानमा काम गरिसकेकी व्यक्तित्व हुन्। यसकारण उनले दक्षिण

एसिया बुझेको मानिएको छ। विदेश मन्त्रालयको दक्षिण एसिया टेबुलको निर्देशक भइसकेकी हुनाले अलाइनाले नेपाललाई राम्ररी बुझेकी छिन् ।