Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

मुनीको अर्को खुनी हमला

०३ सोमबार , पौष २०७४८ बर्ष अगाडि

काठमाडौं । सधैं नेपालविरुद्ध खुनी विचार राख्दै आएका भारतका नेपालविद भनिने एसडी मुनीले फेरि अर्को खुनी हमला गरेका छन् । उनका अनुसार भारतले वामोर्चालाई चुनाव जिताइदिएको हो । अव यो वाम गठबन्धन फुटाउनु हुन्न, त्यो भारतका लागि आत्मघाती हुनेछ ।
क्या गजब, मधेसमा मधेसवादी र अन्य क्षेत्रमा लोकतान्त्रिक गठबन्धनलाई जिताउन लागेको भारतीय दूतावासको चर्तिकला देखिएकै हो, अव नेपाली जनताले जनादेश वाममोर्चालाई दिएपछि सर्लक्क विचार बदलेर भारतका यी खुनी नेपालविद मुनीले भारतले वाममोर्चालाई जितायो भन्न कसरी सकेका ? यद्यपि अन्य भारतीय टीभी, सञ्चारमा चीनको प्रभाव बढेकाले नेपालमा वाममोर्चाले चुनाव जितेको हल्लाखल्ला गरिरहेका छन् । यतिमात्र होइन, अव सगरमाथामुनी सुरुङमार्गबाट चिनियाँ रेल नेपाल आउने भो भनेर आत्तिएको प्रचारवाजी पनि भइरहेको देखिन्छ ।
मुनीकै शव्दमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग करिश्मा, प्रभावशाली वक्ता हुन्, उनीहरुसँग सांगठनिक कुसाग्रता छ र राजनीतिकरुपमा चुस्त अनि नियन्त्रणकारी छन् । उनीहरुलाई आ–आफ्ना बलिया संगठनहरुको समर्थन प्राप्त छ र उनीहरुले नेपाली जनतालाई स्थायित्व, शान्ति र समृद्धिको वाचा गरेका छन् । यही सत्य हो भने जनादेश यही सत्यका लागि आएको भन्न नसकेर भारतले जितायो भन्न सक्ने यी मुनी हुन् कि खुनी ?