प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व समझदारी अनुरुपनै राजिनामा गरेर देउवालाई प्रधानमन्त्री बन्न बाटो खुला गरेको उल्लेख गर्दै नयाँदिल्लीस्थित मिडियाले देउवाले पनि दाहालले जस्तै मधेशीका मुद्दालाई सम्वोधन गर्ने विश्वास राखेका छन् ।
इकोनोमिक टाइम्समा दिपाञ्जन रोय चौधरी लेख्छन् – देउवा नेतृत्वको नयाँ सरकारले पनि दाहालकै जस्तो राजनीतिक नेतृत्व प्रदान गर्नेछ र मधेशीहरुको चाहनालाई सम्वोधन गर्दै संविधान शंसोधन गर्नेछ ।’
मधेशी राजनीतिक दलका संविधान शंसोधनका एजेण्डालाई संविधान संसोधनमार्फत संवोधन नगरी नेपालको समस्या समाधान हुन कठिन रहेको उल्लेख गर्दै त्यसमा देउवाप्रति भारतको विश्वास रहेको उल्लेख छ । ‘नेपाल–भारत सम्बन्धमा नयाँ प्रधानमन्त्री देउवाले गति दिनेछन्’ उक्त अखबारमा लेखिएको छ–‘गुरिल्लाबाट प्रधानमन्त्री बनेका प्रचण्डले नेपालको भारत र चीनसँगको सम्बन्धमा सन्तुलनमात्र ल्याएनन, नेपाल–भारत सम्बन्धमा नयाँ गति दिए । देउवाले त्यसलाई निरन्तरता दिने बिश्वास गरिएको छ ।’
विभिन्न हिन्दीभाषी भारतीय अखबारले भने भारत समर्थित देउवा नेपालका ४० औँ प्रधानमन्त्री भएको भन्दै खुशी व्यक्त समेत गरेका छन् ।


काठमाडौं,२४ जेठ – भारतीय सञ्चारमाध्यमले ‘भारत समर्थित’ शेरबहादुर देउवा नेपालका प्रधानमन्त्री भएको भन्दै उनको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप बलियो हुने बताएका छन् ।