यसअघि चीनले एमाओवादी पार्टीलाई ५० थान कम्प्युटर उपहार दिएको थियो। त्यतिबेला किन ती कम्प्युटर दिइयो भन्ने विषयमा कसैले मुख फोरेका थिएनन्। यसपटक चीनले एमालेद्वारा सञ्चालित मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङलाई आवश्यक उपकरण खरिद गर्न ९० लाख सहयोग दिएको छ। यो अस्पताल १५ शैयाको छ र यसका लागि आवश्यक पर्ने भेन्टिलेटर, अल्ट्रासाउन्ड मेसिनलगायतका उपकरण खरिद गर्न चिनियाँ राजदूतले यो सहयोग उपलव्ध गराएका हुन्।
यो सामुदायिक अस्पतालमा दाँत, आँखा, ओपिडी, आमा सुर212ा कार्यक्रम, नियमित खोप सेवा आदि सुविधा उपलव्ध रहेका छन्। चीनले एमाओवादी, एमालेलाई सहयोग उपलव्ध गराएको छ, भन्न सकिन्न अव कुन पार्टीले चीनको उदारताको उपहार पाउने हो? यद्यपि चीनले देख्नेगरी कम्युनिष्ट पार्टीद्वयलाई सहयोग दिए पनि चीनको भित्री सहयोग मधेसवादीदेखि कांग्रेससम्म रहेको विश्लेषकहरु बताउँछन्। शान्त कूटनीतिका पारखी चिनियाँहरु जे देखाउँछन्, त्यसमा अडिग रहन्छन्। जुन देखिदैन, त्यसमा त उनीहरुको प्रभावशाली उपस्थिति रहन्छ। केही वर्षदेखि मधेशवादी दलहरुको अधिवेशनमा चीनको सक्रिय उपस्थिति रहने गरेको छ। यसबाट थाहा हुन्छ, चीनको भित्री पहुँच प्रभावशाली छ। चीनले सीमा जोडिएका हिमाली जिल्लाहरुमा आर्थिक र आयोजनाको सहयोग गर्नु बुझ्न सकिन्छ तर चीनले केही मधेशी दलहरुलाई विशेष आर्थिक प्याकेज उपलव्ध गराएको सार्वजनिक भएको छैन। कम्युनिष्ट दलभन्दा पनि मधेसी र कांग्रेसलाई चीनले ज्यादा निकट राख्नु अर्थपूर्ण रुपमा हेरिएको छ