Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

नेपाल आउलान् राष्ट्रपति ओवामा

१७ बिहिबार , पौष २०७१११ बर्ष अगाडि

राष्ट्रसंघको ६९औं महासभामा सहभागी हुन पुगेका प्रधानमन्त्री सुशील कोइरालाले बाराक ओवामालाई न्यूयोर्कमा सेप्टेम्बर २४, २०१४ का दिन भेटेका थिए। त्यतिबेलाको फोटो सेसन हो यो। त्यति नै बेला प्रम सुशील कोइरालाले अमेरिकी राष्ट्रपति बाराक ओवामा दम्पत्तिलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। ओवामाले सही समयमा नेपाल भ्रमण गर्न सहमति पनि जनाएको खबर आएको थियो। ओवामा सन २०१५ को जनवरीमा दक्षिण एसियाको भ्रमणमा आउने खबर सार्वजनिक हुनासाथ प्रम सुशील कोइरालाले डिसेम्बर ८ का दिन अमेरिकी राजदूत पिटर डब्लु बोडेलाई निवासमै बोलाएर नेपाल सरकारको तर्फबाट औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए। त्यतिबेला प्रम कोइरालाले नेपाल संक्रमण व्यवस्थापन गर्ने संविधान लेखनको निर्णायक घडीमा छ, यो बेलामा सम्माननीय राष्ट्रपति बाराक ओवामाको नेपाल भ्रमण हुनु नेपालको प्रजातान्त्रिक अध्यायका लागि कोशे ढुंगा हुनसक्ने र प्रजातन्त्रवादीहरुको नैतिक उत्साह अभिवृद्धि गर्न योगदान पुग्ने बताएका थिए। प्रम कोइराला साह्रै होसिएको खबर पनि आएको थियो। तर ओवामा नेपाल आउने सम्भाबना कम छ: विज्ञहरु भन्छन्। बुद्धको जन्मभूमि लुम्बिनी र सगरमाथाको माउण्टेन फ्लाइटमा ओवामालाई केही घण्टाका लागि नेपाल अवतरण गराउन सकेको भए, नेपालको लोकतन्त्रमात्र होइन, नेपालको पर्यटन प्रवर्द्धनका लागि साह्रै सहयोगी साबित हुनसक्थ्यो तर संविधानका अन्तरवस्तुमा झगडा गरेर समय व्यतित गरिरहेका राजनीतिक दलहरुले राष्ट्रका लागि सोच्न सकेनन्।
परराष्ट्र मन्त्रालय यस अभियानमा क्रियाशील हुनसकेको छैन। उता अमेरिका बसोबास गर्ने नेपाली समुदायले अझै हिम्मत हारेको छैन। एकपटक ओबामालाई नेपाल भ्रमण गराउन उनीहरुले भगिरथ प्रयत्न थालेका छन्। नेपाली समूदायका तर्फबाट एक प्रतिनिधि मण्डलले अमेरिकी विदेश मन्त्रालयका द212िण तथा मध्य एशिया हेर्ने विभागका अधिकारीहरुसँग विदेश मन्त्रालयमा भेटवार्ता गरेका छन् भने ओबामाको कानसम्म पुग्ने सबै सम्भाबनाहरुको उपयोग गरेर नेपाल भ्रमण गर्न आग्रह गरिरहेका छन्। अमेरिकी डेमोक्र्याटिक पार्टीसँग आवद्ध नेपालीहरु ओबामालाई नेपाल भ्रमण गरिदिन उत्साहित गर्ने अनेक उपायहरु गरिरहेको खबर छ। वदेश सहायकमंत्री एरिक कोलिङग्सले नेपाल सरकारको निम्तो प्राप्त भएको र ह्वाइट हाउस पठाइसकेको जानकारी सार्वजनिक भएपछि ओबामा नेपाल भ्रमणमा जानसक्ने आशा नेपाली समुदायमा प्रशारित भएको छ। अमेरिका बसोबास गर्ने अधिकांश नेपालीहरु राष्ट्रपति ओबामाका समर्थक र प्रशंसक मानिन्छन्।अन्तिम फैसला अव राष्ट्रपति ओबामाले नै गर्नेछन्। दक्षिण एसियाको भ्रमणमा निस्कदा केही घण्टा किन नेपाल नपुग्ने? अमेरिका–नेपालको सम्बन्ध सुदृढिकरण हुनेमात्र होइन, नेपालको रणनीतिक भूमिमा अमेरिकाको भूमिकालाई अझ महत्व दिनसमेत राष्ट्रपति ओबामाको नेपाल भ्रमण हुनसक्छ। विज्ञहरु यसै भन्छन्।