
प्रम बालेन साह भारत भ्रमणमा जाने निधो भएपछि चीनले प्रम बालेनलाई चीन भ्रमण गराउने तीब्र प्रयास थालेको हो । चिनियाँ राजदूत यस कार्यका लागि निकै खटिन थालेका छन् भने रास्वपाका ३ दर्जन सांसदलाई चीन भ्रमण गराउनुको कडी पनि प्रम बालेनलाई चीन उतार्ने प्रयास हो भन्ने विश्लेषकीय धारणा रहेको छ ।
अहिलेसम्म चीनको बुझाइ भनेको बीआरआई उच्चारण गर्न समेत प्रम बालेन इच्छुक देखिदैनन् । यद्यपि ९ वर्ष अघि नै नेपालले बीआरआईमा सहमति जनाइसकेको छ तर कार्यान्वयमा गइसकेको छैन । यही कुरा प्रम बालेनको भारत भ्रमणमा पनि उठेको र प्रम बालेनले सुरक्षासम्मको चासोलाई संवेदनशील रुपमा हेर्ने बताएको भनिन्छ ।
जसरी एमसीसी, त्यरी भारतीय लगानी र सहयोगका प्राजेक्टहरु पनि कार्यान्वयनमा गइरहेका छन् । तर चिनियाँ प्रोजेक्टहरुमा सरकारको सकारात्मक सोच नभएको र बीआरआरआईको कार्यान्वयनमा बालेन सरकारले ध्यान नदिएको विषयलाई गम्भीरतापूर्वक लिएर प्रम बालेन साहलाई चीन भ्रमणका लागि मनाउने राजनीतिक र कूटनीतिक प्रयास भइरहेको छ । चीनले सुरुङमार्ग, रेलमार्गको अध्ययन पूरा गरिसकेको छ भने त्यसलाई पनि नेपाल सरकारले ध्यान नदिएको गुनासो गरेको छ । तातोपानी नाका खोल्न नेपालले भन्दा पनि चीनले त्यता ध्यान दिएको छैन । चिनियाँ दूतावासले नजिकका प्रेससँग सम्पर्क गरेर तिनलाई कुरा उठाइदिन आग्रह गरेको छ । नेपालका लागि भारतजस्तै चीन पनि महत्वपूर्ण साझेदार र छिमेकी पनि हो । छिमेकी बदल्न सकिदैन भन्ने यथार्थ बुझेर प्रम बालेनले ट्रिट गर्लान् त ?


