
कात्तिक १८ गते जापानी राजदूतले स्वास्थ्यमन्त्री निशा मेहतासँग भेटवार्ता गर्नुभएको छ । यो भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारका सम्भावित क्षेत्रबारे छलफल भएको थाहा भएको छ । खासगरी भोटेकोशी बाढी प्रभावित जिल्लामा जापान सरकारले उपलब्ध गराएको राहत, प्राविधिक उपकरण तथा प्रविधिसम्बन्धी सहयोगप्रति धन्यवाद दिदै थप सहयोगको अपेक्षा गरिएको छ । र, जापान सरकारले वीर अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पताललगायतका स्वास्थ्य संस्थामा पुर्याउँदै आएको सहयोगको लागि धन्यवाद पनि दिइएको छ ।
यो अवसरमा राजदूत तोरुले नेपाल सरकारका प्राथमिकता र आवश्यकताका आधारमा जापान सहयोग बिस्तार गर्दै जान तैयार रहेको जनाउ दिनुभएको छ ।


