
नेपाल चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र पाकिस्तानी राजदूत मोहम्मद आमिर खानबीच भेटवार्ता भएको छ । भेटमा सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारीका विषयमा छलफल भएको चेम्बरले जानकारी दिएको छ । नेपाल पाकिस्तानवीच १९६० देखि कूटनीतिक सम्बन्ध रहे पनि भारत पाकिस्तानवीचको द्वन्द्वले सडक र हवाई यातायातमा अवरोध आएपछि दुईदेशवीचको आवागमन, व्यापारमा अवरोध भइरहेको छ । पाकिस्तानका राजदूत खानले आफू दुवैदेशवीच व्यापार विस्तार, बीटुबी, संयुक्त लगानी र बजार पहुँच बढाउने र आर्थिक सम्बन्ध जोड्ने आफ्नो प्राथमिकता रहेको बताउनु भएको छ । नेपालमा आएको भोटेकोशी बाढी र अन्य प्राकृतिक प्रकोपमा पाकिस्तानले सक्दो सहयोग गरेको, गरिरहने बताउनु भएको छ ।
यद्यपि पाकिस्तानले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नेपाललाई निरन्तर सहयोग गरिरहेको छ ।


