Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

मृत्यदण्ड भोग्न परे पनि स्वदेशनै फर्कने

११ मंगलबार , कार्तिक २०८३२ दिन अगाडि

मृत्यदण्ड भोग्न परे पनि स्वदेशनै फर्कने

सन् २०२४ को अगस्टमा भएको विद्यार्थी आन्दोलन दबाएर हजारौंको हत्या आरोप लागेपछि भारत पलायन भएकी तत्कालीन प्रधानमन्त्री शेख हसिना डेढमहिनापछि अर्थात डिसेम्बरमा बंगलादेश फर्कने भएकी छिन् ।
भारतीय सञ्चार माध्यमका अनुसार शेख हसिनाले वर्तमान तारिक रहमान सरकारले आफूमाथि गिरफ्तारी, शारीरिक आक्रमण वा यातनाको खतरा खडा गर्नसक्ने भए पनि आफूलाई त्यसको कुनै डर नरहेको बताएकी छिन् । जस्तोसुकै प्रतिकूल परिस्थिति र जोखिम मोल्न तयार हुँदै जन्मभूमि फर्किएरै छाड्ने सत्ताच्यूत भएर भारतमा आश्रय लिन पुगेकी शेख हसिनाले बताएकी छिन् ।
शेख हसिनाले जन्मभूमि फर्किनु आफ्नो नैतिक कर्तव्य भएको भन्दै आफू र आफ्नो दल अवामी लिगका शीर्ष नेताहरूलाई लगाएको झूठा मुद्दाहरूको जालो फाड्ने दृढता गर्दै निष्पक्ष जाँचको माग पनि गरेकी छिन् ।