Advertisement Banner
Advertisement Banner

१६ शनिबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

High-level dialogue in Brussels with EU delegates on climate change

१६ शनिबार , जेठ २०८३१५ घण्टा अगाडि

High-level dialogue in Brussels with EU delegates on climate change

On the 73rd anniversary of the first ascent of Mt. Everest, Nepal in BENELUX convened a high-level dialogue in Brussels with EU delegates on climate change and its impact on the Himalayas and Hindu Kush region. Representatives from the Government of Nepal, the EU, the UN, ICIMOD, and climate experts discussed accelerating glacier loss, the deepening climate crisis, and the urgent need for stronger international cooperation and climate finance for vulnerable countries like Nepal. The dialogue also highlighted Nepal’s renewed commitment to good governance, stability, and engagement in global sustainable development and climate diplomacy.
Kudos to the Ministry of Foreign Affairs, Nepal, for starting international dialogue both inside and outside the country to strengthen its diplomatic positioning. There is a lot of hope building. ?? Shisir Khanal #ClimateDiplomacy #NepalinEU #NepalinBenelux #Climatechange #mounteverst #ProtectMountains #himalayas #prospernepal

विश्वको सर्वोच्च शिखर सगरमाथामा मानवले पहिलो पटक पाइला टेकेको ७३ वर्ष पुगेको उपलक्ष्यमा बेल्जियमस्थित युरोपेली संघका लागि नेपाली दूतावासले जलवायु परिवर्तन र हिमालय तथा हिन्दुकुश क्षेत्रमा यसको प्रभाव सम्बन्धी समाधानमुखी अन्तर–सरोकारवाला संवाद कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमलाइ नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले भिडियो सन्देशमार्फत सम्बोधन गर्नुभएको थियो भने युरोपेली संघका लागि नेपाली राजदुत सेवा लम्सालले नेपालको मुख्य विकास साझेदारकोरुपमा जलबायु परिबर्तनको असरको सम्बन्धमा ध्यानाकर्षण गराउनु भयो। बन तथा बाताबरण मन्त्रालयबाट डा. महेश्वर ढकालले मुख्य वक्तव्य राख्नुभएको थियो। त्यसैगरी EEAS का जलवायु तथा वातावरणसम्बन्धी विशेष दूत एन्थोनी अगोथा, बेल्जियमको संघीय जलवायु परिवर्तन विभाग अन्तर्गत UNFCCC प्रतिनिधिमण्डलका प्रमुख पिटर विट्टोक तथा संयुक्त राष्ट्रसंघ कार्यालय ब्रसेल्सकी निर्देशक क्यामिला ब्रुकनरले विशेष मन्तव्य राख्नुभएको थियो। ICIMOD का महानिर्देशक डा. पेमा ग्याम्त्सोले पनि भिडियो सन्देश मार्फत समाधानमा भएका प्रयासहरु बारेमा बताउनु भएको थियो।

संवादका क्रममा जलबायु सम्बन्धि परियोजनामा काम गरेकाले र हाल विकास र बाताबरण सम्बन्धि अध्ययन गरिरहेको सन्दर्भमा मैले नेपालले नया सरकार पाए संगै सुशासन र स्थिरताप्रति सरकार प्रतिबद्धता रहेको र सुशाशनका सूचकहरू सुधार हुदै गर्दा तथा लगानीमैत्री वातावरण निर्माणतर्फ भएका प्रयासहरू भएको आफुले महसुस गरएको बताउने अबसर पाए । साथै घट्दो वैदेशिक सहायता, जलवायु वित्तमा पहुँचको जटिलता तथा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति हुँदै गरेको वर्तमान अवस्थामा नेपालले जलवायु परिवर्तनसँग जुध्न आवश्यक स्रोत, ज्ञान र अन्तर्राष्ट्रिय सहकार्य कसरी सुनिश्चित गर्न सक्छ भन्ने विषयमा समेत धारणा राखेको थिए। कार्यक्रममा विश्वको “वाटर टावर” का रूपमा रहेका हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव गम्भीर बन्दै गएको उल्लेख गर्दै हिउहरु द्रुत गतिमा पग्लिरहेको र तापक्रम ३ देखि ४ डिग्री सेल्सियससम्म बढे यस शताब्दीको अन्त्य (२०९९)सम्ममा ७५ प्रतिशतसम्म हिउ हराउन सक्ने अनुमान गरिएको छ । तसर्थ नेपाल सरकार तथा नेपाली दूतावासले यो संवेदनशील विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउँदै उच्च कार्बन उत्सर्जन गर्ने देशहरूलाई थप जिम्मेवार बनाउन र यस्ता बिषयलाई अन्तरदेशीय र द्विपक्षीय र बहुपक्षीय सम्बाद तथा निर्णय प्रक्रिया मार्फत अझ प्रभावकारी रूपमा अघि बढाउन आवश्यक रहेकोमा जोड दिएको थिए।

युवा र परिबर्तनकारी नेतृत्व सहित नेपालले अन्तरास्ट्रिय समुदायमा आफ्नो छबि सुधार्ने र सहकार्यलाइ अगि बढाउने महत्वपूर्ण अबसर पाएको छ। म बेल्जियम बस्न थालेको ४ बर्षमा पहिलो पटक नेपालले युरोपेली संघका प्रतिनिधिहरु संग नेपालको दिगो विकास र जलबायुका बारेमा पहिलो कुटनितिक तहमा संवाद सुरु पहिलो पटक जस्तो लाग्छ। सरकार र तिनका निकायहरु चलायमान र गतिसिल बनाउदा राष्ट्रिय हितमा काम अघि बढछन् भन्ने मान्यतालाई नेपाल सरकार र पररास्ट्र मन्त्रालय र नेपाल दुताबासले प्रस्ट पारेको छ।

@Pushkar Khanal is with Sewa Lamsal and Kamal Devkota at EU Commission HQ, Brussels.