
बालेन्द्र सरकारलाई बधाई
चैत १३ गते, प्रधानमन्त्री पदको शपथ लिनासाथ अमेरिका, भारत, चीन, पाकिस्तानले बालेन्द्र सरकारलाई बधाई दिएका छन् । साथै मिलेर काम गर्न उत्सुक रहेको जनाएका छन् । १५ सदस्यीय जेनजी पुस्ताको सरकारले आन्तरिक र बाह्यनीतिमा परिपक्वता देखाउने विश्वास गरिएको छ । यो अग्निपरीक्षा सुरु भइसकेको छ, बालेन्द्र सरकार सफल हुने जनविश्वास रहेको छ ।
U.S. Embassy, Nepal
Congratulations to Prime Minister of Nepal Balendra Shah and the new government. The United States looks forward to working with Nepal to advance mutual prosperity and regional stability.
नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई हार्दिक बधाई । अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको छ ।
China Embassy (Ambassador Zhang Maoming)
ली छ्याङद्वारा नेपालका नयाँ प्रधानमन्त्रीलाई बधाइ सन्देश
मार्च २७ तारिख चीनका प्रधानमन्त्री ली छ्याङले नव नियुक्त प्रधानमन्त्री बालन्द्र शाहलाई बधाइ सन्देश पठाउनुभएको छ ।
ली छ्याङले चीन र नेपाल पहाड र जलबाट जोडिएको परम्परागत छिमेकी मुलुक हो भन्दै दौत्य सम्बन्ध स्थापना भएको ७१ वर्षयता दुई देशले शान्ति सहअस्तित्वका पाँच सिद्धान्तको आधारमा द्वीपक्षीय सम्बन्धको विकास गरिरहेको व्यक्त गर्नुभयो। नेपाल सरकारको शासन संचालनमा चीन सरकारले समर्थन रहेको भन्दै उहाँले स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अविच्छिन्नताको संरक्षण गर्न नेपाललाई निरन्तर रूपमा समर्थन गर्ने उल्लेख गर्नुभयो । आफूले प्रधानमन्त्री बालेन्द्र शाहसँग मिलेर चीन(नेपाल उच्चस्तरीय रूपमा बेल्ट एन्ड रोडको संयुक्त निर्माण गर्न र अरू विभिन्न क्षेत्रका सहयोगलाई गहिरो पारी चीन(नेपाल विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनीतिक सहयोग साझेदारी सम्बन्धलाई अघि सार्ने इच्छा लिएको पनि प्रधानमन्त्री ली छ्याङले बताउनुभयो ।
Pakistan @CMShehbaz
I congratulate H.E @ShahBalen
on assuming office as the Prime Minister of Nepal after a landslide victory of Rashtriya Swantatra Party.
Pakistan deeply values its longstanding and friendly relations with Nepal and looks forward to working closely with Your Excellency to further strengthen bilateral cooperation and advance our shared goals of regional peace, stability, and prosperity.
India- @narendramodi
नेपाल के प्रधानमंत्री पद की शपथ लेने पर बालेंद्र शाह जी को हार्दिक बधाई ।
आपका कार्यभार संभालना नेपाल की जनता द्वारा आपके नेतृत्व में भरोसे को जताता है । मुझे विश्वास है कि हम मिलकर भारत–नेपाल की मित्रता और सहयोग को एक नई ऊंचाई पर ले जाएंगे, जो दोनों देशों के लोगों के पारस्परिक हित में है ।


