Advertisement Banner
Advertisement Banner

०२ बुधबार, पौष २०८२20th November 2025, 6:33:20 pm

भरतपुरकाे क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

०२ बुधबार , पौष २०८२१२ घण्टा अगाडि

भरतपुरकाे क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

चितवनकाे भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई चिनियाँ सहयोग मिलेकाे छ । अस्पताललाई नेपालस्थित चिनियाँ दूतावासले विद्युतीय सवारीसाधन सहयाेग गरेकाे हाे ।  

हिजाे अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा विद्युतीय सवारीसाधन अस्पताललाई हस्तान्तरण गरेकाे हाे । चिनियाँ दूतावासका अनुसार ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत चीनले उक्त सवारीसाधन अस्पताललाई हस्तान्तरण गरेको बताइएकाे छ ।

हस्तान्तरण कार्यक्रममा चिनियाँ राजदूत छन सङले यो सानो सहयोगले अस्पतालको सेवा प्रवाह तथा समग्र स्वास्थ्य सेवाको सुधार गर्न सहयोग पुग्ने बताएका थिए ।