Advertisement Banner
Advertisement Banner

१९ बिहिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

पाकिस्तानले गर्‍याे भरतपुर आँखा अस्पतालाई सहयाेग

१८ बुधबार , मंसिर २०८२एक दिन अगाडि

पाकिस्तानले गर्‍याे भरतपुर आँखा अस्पतालाई सहयाेग

भरतपुर आँखा अस्पतालको पूर्वाधार विकासका लागि पाकिस्तानले सहयाेग गरेकाे छ । नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले भरतपुर आँखा अस्पतालको पूर्वाधार विकासका लागि १० लाख रूपैयाँ प्रदान गरेको हाे ।

हिजाे अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा राजदूत हाश्मीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठलाई १० लाख रूपैयाँको चेक हस्तान्तरण गरेका थिए । उक्त हस्तान्तरण कार्यक्रममा राजदूत हाश्मीले पाकिस्तानी सहयोगमा निर्मित उक्त अस्पतालको सुदृढीकरणका लागि निरन्तर सहयोग गर्न पाएकाेमा खुशी व्यक्त गर्दै उक्त सहयोग पाकिस्तान–नेपाल सम्बन्धका निम्ति महत्त्वपूर्ण स्तम्भका रूपमा स्मरणीय रहने बताए ।

त्यस्तै राजदूत हाश्मीले चितवन शिक्षण अस्पतालको भ्रमण गरेर त्यहाँका विद्यार्थीसँग छलफल समेत गरेका थिए भने त्यसअघि उनले लुम्बिनीको भ्रमण गरेर लुम्बिनी विकास बोर्ड र लुम्बिनी नगरपालिकाका कार्यवाहक प्रमुखसँग बेग्लाबेग्लै छलफल गरेकाे बताइएकाे छ ।