Advertisement Banner
Advertisement Banner

२८ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

दलाई लामाको केही लाग्दैन

२३ शुक्रबार , माघ २०७१११ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति बाराक ओवामाले दलाई लामा विश्वका एक उदाहरणीय नेता भनेर प्रशंसा गर्दा चीन रिसले चूर भएको छ। गत विहीवार ओवामाले दलाई लामाको यसरी खुलेर प्रशंसा गरेको विषयमा चीनले पनि खुलेर बिरोध जनाएको छ। दलाई लामा भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका छन् र चीनविरुद्ध बिद्रोह छेडिरहेका छन्। चीनको विदेश मन्त्रालयले तिब्बतको विषयलाई लिएर विश्वका कतिपय देशले चीनको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने गरेका छन्, जुन चीनलाई कदापि स्वीकार्य छैन भनेको छ। दलाई लामाले जतिसुकै विश्व गुहारे पनि उनले समर्थन र सहयोग नपाउने चीनका प्रवक्ताले उल्लेख गरेका छन्।