Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

Image

चीन–अमेरिका सम्बन्ध र सहकार्यको नयाँ संकेत

प्रेमसागर पौडेल

०४ शनिबार , आश्विन २०८२७ महिना अगाडि

चीन–अमेरिका सम्बन्ध र 
सहकार्यको नयाँ संकेत

चिनियाँ राष्ट्रपति शी चिनफिंग र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको भर्खरको टेलिफोन वार्ताले चीन(अमेरिका सम्बन्धमा सकारात्मक गतिशीलताको संकेत दिएको छ। यस वार्तालाई चिनियाँ विदेश मन्त्रालयले ूव्यवहारिक, सकारात्मक र रचनात्मकू बताएको छ, जसले द्विपक्षीय सम्बन्धलाई स्थिरताको दिशा तर्फ अग्रसर गर्न रणनीतिक मार्गदर्शन प्रदान गरेको छ।

चिनियाँ नेतृत्वले चीन–अमेरिका सम्बन्धलाई विश्व शान्ति र समृद्धिको लागि महत्त्वपूर्ण मान्दछ। शी चिनफिंगले दोहोरो पराजयको सट्टा win win सहकार्यमा जोड दिए, जसले चीनको पारम्परिक कूटनीतिक दर्शनलाई प्रतिबिम्बित गर्दछ। द्वितीय विश्वयुद्धको ऐतिहासिक सहयोगलाई सम्झनाको साथै, चीनले अमेरिकी flying tiger को योगदानलाई मान्यता दिएर यसले ऐतिहासिक साझेदारीलाई पनि उजागर गरेको छ।

TikTok जस्ता व्यापारिक मुद्दाहरूमा, चीनले बजार आधारित समाधानहरूको पक्षमा रह्दै आफ्नो कानूनी ढाँचा भित्र व्यावसायिक वार्तालाई प्राथमिकता दिएको छ। यसले चीनको वैश्विक व्यापार प्रणालीको प्रति प्रतिबद्धतालाई देखाउँदछ।

विशेषज्ञहरूको विश्लेषण अनुसार, यो वार्ता चीनको द्विपक्षीय सम्बन्धहरूमा सक्रिय भूमिका निर्वाह गर्ने क्षमतालाई प्रदर्शन गर्दछ, जसले भविष्यको सम्बन्ध स्थिरीकरणको लागि अधिक सम्भावना सिर्जना गरेको छ।

नेपालको भूराजनीतिक स्थितिले चीन(अमेरिका सम्बन्धको गतिशीलतालाई ध्यानपूर्वक अवलोकन गर्नु आवश्यक बनाउँछ। दुई महाशक्तिबीचको यो वार्ता नेपाली हितमा प्रत्यक्ष प्रभाव राख्न सक्छ, किनभने नेपालले आफ्नो विकासको लागि दुवै राष्ट्रसँग सन्तुलित सम्बन्ध कायम राख्न आवश्यकता छ।

चीन–अमेरिका सम्बन्धमा सुधारले नेपाललाई दुईतर्फी लगानी र व्यापारिक अवसरहरूमा लाभान्वित गर्न सक्छ। यदि दुवै राष्ट्रबीच व्यापार तनावहरू कम भए, नेपालले आर्थिक सहयोगको विस्तार गर्ने अवसर प्राप्त गर्न सक्छ, विशेष गरी बृहत बीआरआई र इन्डो–प्यासिफिक रणनीतिबीच समन्वयको सम्भावना बढाउँदै।

नेपालले चीन र अमेरिका दुवैसँग राम्रो सम्बन्ध कायम राखेको छ। चीनको साथ सीमा जोडिएको भएर र अमेरिकासँग पनि दीर्घकालीन सहयोग रहेकोले, नेपालले दुवै देशबीच बढ्दो सहकार्यबाट लाभ उठाउन सक्छ। यसले क्षेत्रीय स्थिरतामा सकारात्मक योगदान दिएर नेपालको सुरक्षा र आर्थिक हितलाई सहयोग गर्न सक्छ।

तर, नेपालले आफ्नो स्वतन्त्र विदेश नीति कायम राख्नु पर्ने चुनौती पनि रहन्छ। दुई महाशक्तिबीच बढ्दो सहकार्यले नेपाललाई कुनै एकतर्फ झुकाव बिना आफ्नो राष्ट्रिय हितलाई प्राथमिकता दिने सतर्कताको आवश्यकता पनि बताउँछ।

चीन–अमेरिका सम्बन्धमा भर्खरको उच्चस्तरीय वार्ताले द्विपक्षीय र बहुपक्षीय सहकार्यको लागि नयाँ सम्भावना खोलेको छ। चीनले यसलाई धष्ल(धष्ल सहकार्यको अवसरको रूपमा हेरेको छ भने नेपालजस्ता मुलुकहरूले यसबाट आर्थिक र सामरिक लाभ लिन सक्छन्। तर, सानो राष्ट्रहरूले आफ्नो संप्रभुतालाई कायम राख्दै सन्तुलित कूटनीति अपनाउनु अपरिहार्य छ।