Advertisement Banner
Advertisement Banner

१९ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

नेपाल, भारत र चीनवीच विशेष सीमा–संवाद कसरी सम्भव गराउने ?

१० मंगलबार , भाद्र २०८२९ दिन अगाडि

नेपाल, भारत र चीनवीच विशेष सीमा–संवाद कसरी सम्भव गराउने ?

नेपाली भूभागमात्र होइन, नेपाल खतरामा प¥यो । लिपुलेक नेपाल र चीनको दुई देशीय विन्दु हो । लिपुलेक, कालापानी, लिम्पियाधुराका सम्बन्धमा पहिले नेपाल, चीन र भारतका वीच त्रीदेशीय विन्दु स्थापित हुन जरूरी छ । सरकारले लिपुलेकमा भारत र चीनको हस्तक्षेपविरूद्ध कूटनीतिक नोट पठाउनु जरूरी थियो, पठायो । स्मरणीय छ, बिगत १० वर्षमा सीमा अतिक्रमण र यी भूभागबारे नेपालले ८ पल्ट कूटनीतिक नोट पठाउँदा पनि भारतले यी भूभाग भारतकै दावी गरेको छ । नेपालको यसपल्टको कूटनीतिक नोटका बारेमा पनि भारतले वेवास्ता गर्नेछ । नेपालले थप के गर्ने हो, यसबारे सरकार, बुद्धिजीवी, सांसद सबैले विशेष छलफल गर्न जरूरी थियो । कुनै पनि तरिकाले नेपाल, भारत र चीनवीच छलफल हुनुपर्छ र त्रीदेशीय विन्दुको निक्र्यौल गर्नसके नेपालको सार्वभौमिकताको सम्मान हुनसक्छ । हेक्का रहोस् ।