
रुसी विदेशमन्त्रीले रुसी राष्ट्रपति भेट्न तैयार छन् तर जेलेन्स्की राष्ट्रपति नै हुन् र ?
रूसका विदेश मन्त्री सेर्गेई लावरोभले राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट्न तयार रहेको बताइरहँदा युक्रेनी राष्ट्रपति जेलेन्स्की मौन बसेपछि प्रश्न उठाएका हुन । विदेश मन्त्री सेर्गेई लावरोभले जेलेन्स्कीको राष्ट्रपति पदको वैधतामाथि पनि प्रश्न उठाएका छन् ।
विदेश मन्त्री सेर्गेई लावरोभले भने, ‘वार्ताको अर्थ त्यतिबेला मात्र हुन्छ जब हामीलाई कागजातमा हस्ताक्षर गर्ने व्यक्ति वैध छ भन्ने स्पष्ट हुन्छ।’ उनले थपेका छन
– ‘युक्रेनको संविधानअनुसार जेलेन्स्की अब राष्ट्रपति होइनन् । उनी डि(फ्याक्टो प्रमुख त हुन्, तर सम्झौतामा हस्ताक्षर गर्ने को हो भन्ने गम्भीर प्रश्न बाँकी नै छ।’