Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

०८ आइतबार , भाद्र २०८२५ दिन अगाडि

उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणमा नेपालको तीन दिने भ्रमणका लागि नेपाल आएकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र उपराष्ट्रपति रामसहायप्रसाद यादव बीच भेटवार्ता भएको छ । आज काठमाडौंमा दुई देशका उराष्ट्रपतिबीच भेटवार्ता भएको हो ।

भियतनामकोतर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो भने यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

सुआन तीन दिने भ्रमणका लागि हिजो मध्यान्ह बैंकक हुँदै काठमाडौं आईपुगेकी हुन् । उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच दरबारमार्गस्थित होटल याक एण्ड यतिमा भेटवार्ता भएको हो ।

पछिल्लो समय नेपालमा विदेशी उच्चस्तरीय प्रतिनिधिमण्डल आउँदा अधिकांश भेटवार्ता र छलफल पाँचतारे होटलमा हुने गरेको छ ।