Advertisement Banner
Advertisement Banner

२८ मंगलबार, माघ २०८२10th February 2026, 12:33:31 am

भारतमाथि कर, नेपालमाथि असर

२१ मंगलबार , श्रावण २०८२६ महिना अगाडि

भारतमाथि कर, नेपालमाथि असर

अमेरिकाले शुक्रवारदेखि भारतबाट आयात हुने सामानमाथि २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेको छ । नेपाल भारतवीचको खुला सीमा र नेपालको ८५ प्रतिशत व्यापार भारतसँग हुने भएकाले भारतमाथि अमेरिकी कर नीतिले भारतमा त प्रभाव पर्छ पर्छ, नेपालमाथि कुन हदसम्मको प्रभाव पार्ला भन्ने तरङ्ग चलेको छ ।
अमेरिकाले भारतलाई रूसी तेल र हतियार खरिद गर्ने सूचीमा राखेको छ । रूससँग बढी मित्रता राख्ने र रूसी सहयोगी लिने सबै राष्ट्रमाथि अमेरिकी राष्ट्रपति ट्रम्पले दण्ड दिने भनेका छन् ।
अमेरिका–भारतवीच ट्यारिफ बिबादका कारण भारतसँग सीमा जोडिएका र प्रत्यक्ष व्यापार गर्ने देशहरूलाई प्रभाव पार्नेछ । प्रभाव कुन हदको हुनेछ, यसमा बहस चलेको छ ।
यथार्थमा १८८० किलोमिटर खुला सीमा भएको र नेपालमा आत्मनिर्भरतायुक्त दैनिकी सामानको अभाव हुने कारण नेपाल भारत निर्भर राष्ट्र भन्दा पनि फरक पर्दैन । नेपालको बजेटभन्दा ठूलो आकारको विदेशी व्यापार २० खर्ब माथिको छ र त्यसमा अधिकांश भारतसँग व्यापार हुनेगर्छ । नेपालले ३ खर्बको निर्यात गर्दा २० खर्बको आयात गर्ने आँकडा सार्वजनिक भएका छन् । यसमा अधिकांश व्यापार भारतसँगै हुनेगर्छ । उत्तरको छिमेकी चीनसँग करिव ४ खर्बको र अन्य मुलुकसँग नगण्य व्यापार हुनेगरेको छ ।
आर्थिक विश्लेषकहरू भन्छन्– नेपालको भारत निर्भर अर्थ कारोवार हुने गरेकाले अमेरिकाले लगाएको २५ प्रतिशत ट्यारिफको असर नेपाललाई  पर्ने निशिचत छ । अमेरिकाले लाभ हुने व्यापारिक साझेदार मुलुकलाई १० प्रतिशत मात्र ट्यारिफ लगाएको छ । नगण्य व्यापार हुने नेपालजस्ता मुलुकलाई पनि १० प्रतिशत नै ट्यारिफ लगाएको छ । अमेरिकाको व्यापारिक साझेदार करिव ४० मुलुकसँग व्यापार घाटा भएकाले १५ देखि २५ प्रतिशत ट्यारिफ लगाएको हो ।  पाकिस्तानलाई भने १९ प्रतिशत लगाएको छ । अमेरिकी ट्यारिफ नीतिले विश्वभर तहल्का देखिन्छ । चीन, मेक्सिको, क्यानडाजस्ता अत्यधिक व्यापार हुने मुलुकहरू वार्तामै छन् भने युरोपियन युनियनसँग सम्झौता भएको खबर छ ।
अर्थविद भन्छन्– भारत र चीनले नपाएको निर्यातमा सुविधा नेपालले पाएको छ । हस्तकला, कपडा र कृषिजन्य उत्पादनमा नेपाललाई चीन र भारतको प्रतिस्पर्धी बनाउन सक्छ । यो अवसरको सदुपयोग गर्न परिपक्व अर्थनीति आवश्यक छ । नेपालले पूर्वाधार सुधार, व्यापार संरचनालाई चुस्त बनाउन र लगानी तान्न नसके यो अवसर गुम्न सक्नेछ ।
२५ प्रतिशत ट्याक्स लाग्ने भएपछि भारतमा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न गाह्रो हुनेछ भने भारतले नेपालमा पेट्रोलियम, खाद्य, इस्पात, मसिनरी, सवारी आपूर्ति गर्ने हुँदा अमेरिकी उच्च ट्यारिफ सामना गर्नेहरू प्रभावित हुन्छन्,  नेपाल दुस्प्रभावमा पर्छ । अमेरिकी नीति नेपालका लागि अवसर र चुनौती दुवै हो ।