
नेपालकाे छिमेकी राष्ट्र चीनसँगकाे कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरेको छ । आज नेपाल र चीनकाे राजधानी बेइजिङमा कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइँदै छ ।
तिब्बतका राजा स्रोङ्चन गम्पोसँग नेपालकी राजकुमारी भृकुटीले विवाह गरेपछि सुरू भएकाे ऐतिहासिक सम्बन्ध अहिले झन फैलिंदै गएकाे छ भने कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षमा प्रवेश गर्दैगर्दा दुई देशकाे सम्वन्धमा अझ मजबुत हुँदै गएकाे छ । सन् १९४९ मा स्थापना भएको चीनसँग आज कै दिन अर्थात् १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध कायम भएको थियाे ।
शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सहयोग, भौगोलिक अखण्डता, सम्प्रभूताको सम्मान र अहस्तक्षेपलगायत पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई दुवै मुलुकले उच्च प्राथमिकता दिएका छन भने यसलाई अझ सुदृढ तुल्याउन दुवै देशका शीर्ष नेतृत्व क्रियाशील रहेका छन् ।
त्यस्तै राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्य चीनले विश्व राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्दै आएको, विधिमा आधारित प्रभावकारी विश्व शासन प्रणाली, अन्तरराष्ट्रिय शान्तिसुरक्षा, साझा भविष्य निर्माणका निम्ति सहकार्य र साझेदारीमा जोड दिएको छ । नेपालले विश्वशक्ति राष्ट्र चीनले हासिल गरेको विकासबाट अधिकभन्दा अधिक लाभ लिएर मुलुकलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन आवश्यक रहेकाे छ ।
कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरेको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेपालका लागि चीनका राजदूत छन सङले आज साँझ आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने बताइएकाे छ ।