
प्रजग कोरियाका नेता किम जोङ उनकी शक्तिशाली बहिनीले भनेकी छिन्– अमेरिकाले आणविक निशस्त्रीकरणको माग त्यागेमा वार्ता हुनसक्छ । गत मंगलबार राज्य सञ्चालित कोरियाली केन्द्रीय समाचार एजेन्सी (प्ऋल्ब्० द्वारा जारी विज्ञप्ति अनुसार, किम यो जोङले आफ्नो भाइ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको सम्बन्ध ‘खराब छैन’ । वार्ता पुनः सुरु हुनसक्ने सम्भाबना छ । पहिले पनि तीन पटक भेट भइसकेको हो ।
किम यो जोङले भनिन्– पहिलो भेटमा कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्र बनाउने सम्झौता गरियो तर प्योङयाङमाथि लगाइएको आणविक कार्यक्रममाथिको प्रतिबन्ध हटाउनेमा गतिरोध आयो । प्रजग कोरिया ठूलो आणविक राष्ट्र हो । प्योङयाङले आणविक मुद्दामा सम्झौता गर्दैन ।
अमेरिकाले वार्ता गर्न चाहे प्रजग कोरियालाई आणविक राज्यको रूपमा मान्यता दिनुपर्नेछ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले एकपल्ट किम जोङ उनको आणविक कार्यक्रमको चर्चा गर्दा कोरिया ठूलो आणविक राष्ट्र भनेर संवोधन गरेको सुनिएको थियो ।
सम्भवतः यहीकारण यो रेड लाइन अमेरिकाले तोड्न सक्ला ? अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु विश्लेषण गर्न थालेका छन् ।
किम जोङ उनकी बहिनीको अभिव्यक्तिको जवाफमा राष्ट्रपति ट्रम्पका प्रवक्ताको प्रतिक्रिया आएको छ । प्रवक्ताले प्योङयाङको आणविक हतियारमा वाशिंगटनले सम्झौता गर्ने कुनै संकेत दिएनन् । पूर्ण रूपमा आणविक निशस्त्रीकरण गरिएको कोरियासँग संलग्न हुन अमेरिका खुला छ रिपोर्टमा उल्लेख छ ।
अमेरिका र कोरिया बुझ्ने विश्लेषक भन्छन्– अमेरिकाले उत्तर कोरियाप्रतिको आफ्नो आणविक निशस्त्रीकरण नीति त्याग्ने छैन । दुबै मुलुकवीच वार्ता हुने सम्भाबना कम छ । राष्ट्रपति ट्रम्पले साहसी निर्णय गर्ने क्षमता राख्छन् तर दक्षिण कोरिया र जापानलाई नजरअन्दाज गर्न सक्दैनन् । दक्षिण कोरियाका बिज्ञको भनाई पनि यस्तै छ ।
प्रजग कोरियाले दक्षिण कोरियालाई ‘शत्रु राष्ट्र’को घोषणा फिर्ता लिएको छैन । कोरियाली प्रायद्विपमा तानव कम गर्ने प्रयासमा दक्षिण कोरियाले ३८ औं समानान्तरमा बढाएका सैनिक क्रियाकलापप्रति प्रजग कोरिया आक्रोसित रहेको छ । केसीएनएको विज्ञप्तिअनुसार किम यो जोङले भनिन्, ‘जुनसुकै प्रस्ताव आए पनि प्रजग कोरियालाई दक्षिण कोरियासँग वार्तामा चासो हुनेछैन ।
दक्षिण कोरियाका नयाँ राष्ट्रपतिले जुन ४ मा पदभार ग्रहण गरेपछि प्रजग कोरियाप्रति नरम नीति लिएका छन् । मेलमिलापका कदमहरु लिने बताएका छन् । तर प्रजग कोरियाको पहिलो प्रतिक्रिया तीतो रह्यो । प्रजग कोरिया दक्षिण कोरियालाई अमेरिकासँगको सैन्य गठबन्धनले दाग लागेको ठान्छ । मार्च २०, २०२५ मा दक्षिण कोरियाले गरेको सैन्य प्रशिक्षणमा पनि प्रजग कोरिया आक्रोसित छ ।
यति हुँदा पनि एकीकरण मन्त्रालयका प्रवक्ता कू ब्योङ–सामले अन्तर–कोरियाली सम्बन्धमा किमको प्रतिक्रिया पहिलेको तुलनामा नरम छ भनेका छन् ।
दुई कोरियावीचको पर्खाल धेरै अग्लो छ, यो पर्खाल ढाल्न दुबै कोरियाका लागि फलामको च्यूरा चपाएभन्दा साह्रो हुनसक्ने देखिदैछ ।